यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
काठमाडौं : सरकारले शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। योसँगै बैठक अन्य ११ वटा निर्णयसमेत गरेको छ।
- अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने
- संलग्न सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता (बीबीएनजी)लाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
- नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने।
- विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा) लाई नियुक्ति गर्ने।
- कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
- शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
- गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल (कैलाली)लाई नियुक्ति गर्ने।
- सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्ति गर्ने।
- राष्ट्रिय सदाचार नीति २०८३ स्वीकृत गर्ने
- राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गर्ने।
प्रतिक्रिया दिनुहोस !