प्रतिनिधिसभाबाट सम्पति शुद्धीकरण संशोधन विधेयक पारित

प्रतिनिधिसभाबाट सम्पति शुद्धीकरण संशोधन विधेयक पारित
सुन्नुहोस्

काठमाडौं : ‘सम्पति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव गरेको थियो । बैठकले उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

त्यसअघि बैठकमा उक्त विधेयकमाथि प्राप्त संशोधनहरुमाथि छलफल भइ निणयार्थ प्रस्तुत गरिएको थियो । संशोधनहरुमाथि भएको छलफलका प्रश्नको जवाफ दिदै मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विभागलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताए ।

उनले सम्पत्ति शुद्धीकरण मात्र नभई आर्थिक अपराधविरुद्ध अख्तियार जस्तै शक्तिशाली ‘आर्थिक अपराध प्राधिकरण’ बनाउने बिषयमा समेत छलफल गर्ने तयारी भइरहेको बताए । एउटै स्रोतबाट सिर्जना भएको विषयमा फरक–फरक निकायले अनुसन्धान गर्दा राज्यको लागत बढ्ने, अदालती प्रणालीमा बोझ थपिने र बिगो असुलीमा समेत समस्या पर्ने हुनाले कानूनमा आवश्यक सुधार गर्न खोजिएको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.