आयतोल्लाह अली खामेनीको रगतको बदला लिने इरानको घोषणा

आयतोल्लाह अली खामेनीको रगतको बदला लिने इरानको घोषणा
फाईल तस्बिर
सुन्नुहोस्

तेहरान :  इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको रगतको बदला लिने घोषणा गरेको छ।

बीबीसी फारसी सेवाका अनुसार, इरानी सञ्चारमाध्यमहरूले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहम्मद बाकर जोलकाद्रद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरेका छन्। उक्त विज्ञप्तिमा आयतोल्लाह अली खामेनीका हत्याराहरूसँग उनको रगतको बदला निश्चित रूपमा लिइने उल्लेख गरिएको छ।

सचिव मोहम्मद बाकरले यो सन्देश सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सार्वजनिक गरेका हुन्। इरानका सर्वोच्च नेता खामेनीको हत्या गत २८ फेब्रुअरी २०२६ मा भएको थियो।

सोही दिन अमेरिका र इजरायलले इरानमाथि पहिलो पटक संयुक्त आक्रमण गरेका थिए। उक्त आक्रमणमा खामेनीका साथै अन्य थुप्रै उच्च इरानी अधिकारी र उनीहरूका परिवारका केही सदस्यहरूको समेत मृत्यु भएको थियो।

बीबीसी फारसीका अनुसार, अली खामेनीको अन्तिम संस्कार समारोह आगामी जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मशहदमा आयोजना गरिनेछ। यसका साथै, छिमेकी मुलुक इराकका सहरहरू बगदाद, काजमिन, कर्बला र नजफमा पनि शोक सभाहरू आयोजना गरिने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.