राहदानी छपाइमा अनियमितताको कुरा आएको छ, निष्पक्ष छानबिन होस् : कांग्रेस

राहदानी छपाइमा अनियमितताको कुरा आएको छ, निष्पक्ष छानबिन होस् : कांग्रेस

काठमाडौं : आफूहरुले सदनमा निरन्तर उठाएका बिषयमा सरकार गम्भीर नभएको भन्दै बिपक्षी दलले प्रतिनिधिसभामा विरोध जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै बिपक्षी सांसदहरुले आफूहरुले यसअघि उठाएका सीमा लगायतका अन्य बिषयमा सरकारले कुनै चासो नदिएको भन्दै उठेर विरोध जनाएका हुन् ।

बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले कांग्रेस सांसद खडकबहादुर वुढालाई बोल्न समय दिएका थिए ।
सांसद बुढाले सरकारले कानुनी राज्य र सुशासनको धज्जी उडाएको आरोप लगाए । राहदानी छपाइ खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको कुरा बाहिर आएको भन्दै उनले यसको निष्पक्ष र कानुनसम्मत छानबिन हुनुपर्ने माग गरे ।

उनले पहिलेको सम्झौता खारेज गरेर पुरानै कम्पनीलाई बढी मूल्यमा काम दिनका लागि चलखेल भइरहेको समेत आरोप लगाए । संविधानले अख्तियारलाई शक्तिशाली र स्वतन्त्र संवैधानिक निकायको रूपमा परिकल्पना गरेको भन्दै उनले यसमाथि प्रधानमन्त्री कार्यालयको हस्तक्षेप भए निष्पक्ष छानबिन नहुने उल्लेख गरे । त्यस्तै अन्य बिपक्षी सांसदहरुले पनि आफूहरुले उठाएका बिषयमा सरकार गम्भीर नभएको बताएका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.