सार्वजनिक खरिद संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं : प्रतिनिधिसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानूनमन्त्री गौतमले गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेको थियो । बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो ।
त्यसअघि बैठकमा विधेयकमाथि परेका संशोधनमाथि छलफल भइ निर्णयार्थ प्रस्तुत गरिएको थियो । संसद् अधिवेशन नचलेका समयमा सरकारले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले ल्याएको सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक संसदबाट पारित भएको हो ।
प्रतिक्रिया दिनुहोस !