नक्कली सिँचाइ कार्यालय खोलेर ठगी, श्रीमान श्रीमती नै पक्राउ
बर्दियाको ठाकुरबाबा नगरपालिका-३ बगनाह बजारमा रहेको एक घरमा प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग नामक नक्कली कार्यालय खोलेर ठगी गर्ने २ जना पक्राउ परेका छन्।
उक्त कार्यालय मार्फत कर्मचारी नियुक्ति तथा मजदुरी काममा लगाइदिने प्रलोभन देखाई कामदारहरूलाई ज्याला नदिने, घरधनीलाई घरभाडा भुक्तानी नगर्ने तथा सरकारी कागजात र छाप नक्कली रूपमा प्रयोग गर्ने दम्पती पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका-३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका-५ का २३ वर्षीया कृपा चौधरी पक्राउ परेका हुन्।
पक्राउ परेका दुवैमाथि लिखत सम्बन्धी कसुर तथा ठगी मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !