चापाकोटमा ट्रिपर दुर्घटना, एकको मृत्यु, एक घाइते

चापाकोटमा ट्रिपर दुर्घटना, एकको मृत्यु, एक घाइते
सुन्नुहोस्

स्याङ्जा : चापाकोट नगरपालिका–४ मल्याङकोटमा भएको ट्रिपर दुघटना हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । सडक निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको ट्रिपर उकालो चढ्दै गर्दा चिप्लिदा एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

बुधबार साँझ चापाकोट –४ पुम्दीस्थित मल्याङकोटबाट घुर्लीचौरतर्फ जाँदै गरेको ग १ क ४४४६ नम्बरको ट्रिपर उकालो सडकमा चिप्लिँदा ट्रिपरमा सवार म्याग्दीको मालिका गाउँपालिका –५ निवासी २३ वर्षीय तिलक परियार गम्भीर घाइते भएको र उपचारका क्रममा गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा मृत्यु भएको  प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । 

यसैगरी, म्याग्दीकै १८ वर्षीय करण परियारको हात र खुट्टामा चोट लागेको हाल स्वास्थ्य केन्द्रमै उपचाररत रहेकोे प्रहरीले जनाएको छ । ट्रिपर चालक दाङको शान्तिनगर गाउँपालिका–१ निवासी २६ वर्षीय रेशमबहादुर गिरी फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.