बहराइनस्थित अमेरिकी बेसमा इरानको ड्रोन आक्रमण

बहराइनस्थित अमेरिकी बेसमा इरानको ड्रोन आक्रमण
सुन्नुहोस्

काठमाण्डौं : अमेरिका र इरानबीचको सैन्य टकराव तीव्र बनेसँगै खाडी क्षेत्रमा युद्धको खतरा बढेको छ। अमेरिकी हवाई आक्रमणको जवाफमा इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाएर भीषण ड्रोन आक्रमण गरेको दाबी गरेको छ। इरानी आक्रमणपछि बहराइन सरकारले आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर)मा एक आकस्मिक सन्देश जारी गर्दै आफ्ना नागरिक तथा देशमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई शान्त रहन र तत्काल सबैभन्दा नजिकको सुरक्षित स्थानमा जान अपील गरेको छ।

बिहीबार बिहान अमेरिकाले इरानी ठेगानाहरूमा आक्रमण गरेको ठीक एक घण्टापछि इरानले प्रतिकार सुरु गरेको हो। इरानका आधिकारिक समाचार एजेन्सीहरूले देशको सेनालाई उद्धृत गर्दै बहराइनमा रहेका अमेरिकी सैन्य बेसहरूमा सफलतापूर्वक आक्रमण गरिएको जनाएका छन्। इरानी सेनाका अनुसार ड्रोन आक्रमणमार्फत बहराइनमा तैनाथ अमेरिकी नौसेनाको पाँचौँ बेडोको 'प्याट्रियट एयर डिफेन्स सिस्टम'को सञ्चार एन्टेना र राडारलाई मुख्य निशाना बनाइएको छ।

इरानको आधिकारिक समाचार एजेन्सी 'इर्ना'ले त्यहाँको शक्तिशाली सैन्य दस्ता 'रिभोलुसनरी गार्ड्स' लाई उद्धृत गर्दै अमेरिकी कदमको कडा जवाफ दिइएको पुष्टि गरेको छ। इरानले बहराइनको एक विमानस्थल र कुवेतमा रहेका दुई सैन्य ठेगानासहित खाडी क्षेत्रका कुल १८ वटा महत्त्वपूर्ण स्थानहरूमा घातक हमला गरेको दाबी गरेको छ।

यसअघि अमेरिकाले इरानभित्र रहेका विभिन्न रणनीतिक ठेगानाहरूमा शृङ्खलाबद्ध रुपमा हमला गरेको थियो। अमेरिकी आक्रमणको जवाफमा इरानी प्रशासनले आफूहरू अमेरिकी दबाब र आक्रमणसामु कुनै पनि हालतमा नझुक्ने र यसको अझ कडा सैन्य जवाफ दिँदै जाने चेतावनी दिएको छ। यस पछिल्लो घटनाक्रमले मध्यपूर्वमा पूर्णकालीन युद्ध भड्किने जोखिम बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.