प्रधानमन्त्री मोदीले जापानी समकक्षी ताकाचीलाई किन भने ‘सानो बहिनी’ ?

प्रधानमन्त्री मोदीले जापानी समकक्षी ताकाचीलाई किन भने ‘सानो बहिनी’ ?
सुन्नुहोस्

भारत : भारत–जापानबीच भएको १६ औं वार्षिक शिखर सम्मेलनपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जापानकी समकक्षी सानाए ताकाचीलाई आफ्नो ‘सानो बहिनी’ भनेर सम्बोधन गरेपछि धेरैको ध्यान त्यसतर्फ गएको थियो । सार्वजनिक मञ्चमा आफ्ना भावनाहरू कमै व्यक्त गर्ने मोदीको यस्तो सम्बोधनले सबैलाई चासो जगायो । तर यसको वास्तविक कारण भने हैदराबाद हाउसमा दुई नेताबीच भएको विशेष संवादमा लुकेको थियो ।

हैदराबाद हाउसमा के भएको थियो ?
दुई नेताबीचको भेटवार्ताबारे जानकारी राख्ने अधिकारीहरूका अनुसार प्रधानमन्त्री ताकाचीले मोदीलाई आफूले जापानका स्वर्गीय प्रधानमन्त्री शिन्जो आबेलाई आफ्ना ठूला दाइ सरह मान्ने गरेको र उनलाई आफ्नो आदर्शका रूपमा गहिरो सम्मान गर्ने गरेको बताएकी थिइन् ।

ताकाचीले शिन्जो आबेका मनमा पनि प्रधानमन्त्री मोदीप्रति विशेष स्नेह र उच्च सम्मान रहेको बताएकी थिइन् । आबेको त्यही भावना र सम्बन्धलाई निरन्तरता दिँदै उनले अब आफूले पनि मोदीलाई आफ्ना ठूला दाइका रूपमा हेर्ने इच्छा व्यक्त गरिन् ।

शिन्जो आबेले जोडेको भावनात्मक सम्बन्ध
प्रधानमन्त्री मोदी र स्वर्गीय जापानी नेता शिन्जो आबेबीच निकै घनिष्ठ व्यक्तिगत सम्बन्ध थियो । ८ जुलाई २०२२ मा जापानको नारा सहरमा एक आक्रमणकारीले आबेमाथि गोली प्रहार गरी हत्या गरेको थियो । नारा नै हालकी प्रधानमन्त्री ताकाचीको संसदीय निर्वाचन क्षेत्र पनि हो । जापानका सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका आबेको कार्यकालमा भारत–जापान सम्बन्ध नयाँ उचाइमा पुगेको मानिन्छ ।

आबेसँगको गहिरो मित्रताका कारण प्रधानमन्त्री मोदी २७ सेप्टेम्बर २०२२ मा विशेष रूपमा टोकियो पुगेका थिए र आबेको राजकीय अन्त्येष्टिमा सहभागी भएका थिए । त्यहाँ उनले आबेकी पत्नी अकी आबेसँग भेटेर समवेदना व्यक्त गरेका थिए । त्यस क्रममा मोदी केहीबेर शिन्जो आबेको तस्वीरअगाडि मौन रूपमा उभिएका थिए, जसले धेरै जापानी नागरिकलाई भावुक बनाएको थियो । यस घटनाले मोदी र आबेबीचको मित्रता कति आत्मीय थियो भन्ने देखाएको थियो ।

‘सुन्दर सानी बहिनी’ भनेर सम्बोधन
शिन्जो आबेप्रति दुवै नेताको मनमा रहेको यही गहिरो सम्मान र आत्मीय सम्बन्धलाई आधार मान्दै प्रधानमन्त्री मोदीले ताकाचीलाई ‘सानो बहिनी’ भनेर सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ताकाचीले पनि यो दाजु–बहिनीको सम्बन्धलाई खुलेर स्वीकार गर्दै आफूलाई ‘सुन्दर सानी बहिनी’ भनेर सम्बोधन गरेकोमा प्रधानमन्त्री मोदीप्रति विशेष धन्यवाद व्यक्त गरिन् । उनले दुवै नेताको सोच र दृष्टिकोण धेरै विषयमा मिल्ने उल्लेख गर्दै यो सम्बन्धले उनीहरूबीच बनेको पारस्परिक विश्वास र आत्मीयतालाई झल्काउने बताइन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.