विपद व्यवस्थापनका लागि सम्बन्धित सबैलाई निर्देशन दिइसकिएको छ : गृहमन्त्री गुरुङ

विपद व्यवस्थापनका लागि सम्बन्धित सबैलाई निर्देशन दिइसकिएको छ : गृहमन्त्री गुरुङ
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले बिपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री गुरुङले प्राकृतिक प्रकोपबाट प्रभावितहरुको व्यवस्थापनका लागि आवश्यक तयारी गर्न आवश्यक निर्देशन दिइसकेको बताएका हुन् ।

उनले विपद व्यवस्थापनका लागि भइरहेका तयारीका बारेमा आफूले स्थलगत अनुगमन समेत गर्ने जानकारी दिए । खरिद प्रक्रिया लामो हुँदा उद्धार सामग्री समयमा नै आउन नसक्ने अवस्था समेत देखिएकाले काम गर्न सहज हुने गरी ऐन बनाउनु पर्नेमा उनले जोड दिए । मन्त्री गुरुङले यस पटकको बजेटको सिलिङ भन्दा २० अर्ब बढि रुपैयाँ थप भए पनि मन्त्रालयगत रुपमा प्रभावकारी रुपमा काम गर्न अझै पनि बजेट अभाव रहेको गुनासो गरे । 

उनले परम्परागत सुधारका प्रणालीबाट अव लागुऔषध नियन्त्रणमा आउन नसक्ने नदेखिएकाले सुधारका प्रभावकारी योजनाको तयारी भइरहेको जानकारी दिए । क्रस बोर्डरबाट लागू औषध ओसारपसार देखिएकाले दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा संयुक्त अप्रेसन गर्न जरुरी देखिएको उनको भनाइ छ ।

त्यसैगरी बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अहिले सबभन्दा धेरै मधेश प्रदेश र कोशी प्रदेशमा लागुऔषध कारोबार बढि देखिएको जानकारी दिए । लागुऔषध नियन्त्रणका लागि निर्मम भएर कारवाही अघि बढाइएको उनले बताए । उनले पछिल्लो समय कार्गो कुरियरमार्फत समेत ओसारपसार भएकाले प्रहरीले निरन्तरण निगरानी गरिरहेको उल्लेख गरे ।

लागुऔषध नियन्त्रणका लागि कारवाही भन्दा पनि सचेतना जरुरी रहेकाले समुदायमा गएर आवश्यक कार्यक्रमहरु समेत सञ्चालन भइरहेको उनको भनाइ छ । बैठकमा समिति सदस्यहरुले लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न प्रभावकारी रुपमा काम गर्नुपर्ने सुझाव दिएका छन् । बैठकमा समिति सदस्य निश्कल राईले लागुऔषध नियन्त्रणका लागि जिल्ला र स्थानीय तहको निकायको काम प्रभावकारी हुन नसकेको बताए ।

मेडिकल व्यवसायीहरु नै लागुऔषध बेचबिखनमा लागेको भन्दै प्रशासनले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । त्यस्तै समिति सदस्य पद्मा अर्यालले कारवाहीले मात्रै लागुऔषध नियन्त्रण नहुने भन्दै सचेतना आवश्यक रहेको बताइन् । त्यस्तै अन्य सदस्यहरुले बिपद व्यवस्थापनको तयारी, लागुऔषध नियन्त्रणको प्रयास लगायतका बिषयमा चासो व्यक्त गरेका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.