गाउँकै केटीसँग बिहे गर्न नपाएपछि टावर चढे आलम, परिवारले सम्झाएपछि झरे

गाउँकै केटीसँग बिहे गर्न नपाएपछि टावर चढे आलम, परिवारले सम्झाएपछि झरे
सुन्नुहोस्

मलङ्गवा : सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका-९ स्थित नेपाल टेलिकमको टावरमाथि चढेका युवक तल ओर्लिएका छन्। ८० मिटर उचाइ रहेको टावरमाथि गोडैता  नगरपालिका- ९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन चढेका थिए। 

रातीको समयमा उनी टावरमाथि चढेका थिए। टावरमाथी चढेर साथीलाई फोन गरेपछि घटना बाहिएरको थियो। सुरक्षाकर्मी, परिवारजन र नेपाल टेलिकमको कर्मचारीहरुले प्रयास गर्दा उनी सुरुमा झर्न मानेनन्, पछि तलबाट बुबाले फोन गरेर सम्झाउँदा हुसैन टावरबाट ओर्लिएका हुन्। 

सुरुमा तल आएका हुसैन र उनका दुई साथीलाई समेत प्रहरीले नियन्त्रणमा लिएका थिए। अहिले प्रहरीले उनका साथीलाई छाडेका छन् भने हुसैनलाई अस्पतालमा काउन्सेलिङ्ग र स्वास्थ्य परीक्षण पश्चात् परिवारको जिम्मा लगाइएको छ। स्रोतका अनुसार गाउँकै केटीसँग बिहे गर्न चाहेपनि नमिलेपछि उनले यस्तो गतिविधि गरेको बताइएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.