आज राति १० बजेदेखि नारायणगढ-मुग्लिङ-काठमाडौं सडक खण्ड बन्द
काठमाडौं : आज राति १० बजेदेखि नारायणगढ-मुग्लिङ-काठमाडौं सडक खण्ड बन्द हुने भएको छ। निरन्तरको वर्षाका कारण जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुनसक्ने जोखिम समेतलाई मध्यनजर गरेर आज राती १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस सडक खण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनमा रोक लगाइएको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !