नेपालमा भोलि १ हजार बढी मेट्रिक टन डीएपी मल आइपुग्ने

नेपालमा भोलि १ हजार बढी मेट्रिक टन डीएपी मल आइपुग्ने
फाइल तस्बिर

काठमाडौं : नेपालमा भोलि १ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने भएको छ। ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो। 

सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल भोलि ४ गते नेपाल आईपुग्ने छ। बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङको काम भइरहेको छ। 

प्याकेजिङ सम्पन्न भएसँगै आज अर्को एक रेक वीरगन्ज चलान भएको छ। बाँकी क्रमशः नेपाल भित्रिने छ। त्यस्तै ३० हजार मेट्रिक टन युरिया मल समेत कोलकत्तामा आइपुगेको र हाल अनलोडिङ र प्याकेजिङको काम भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.