वडाको नमुना काम, माघभित्रै योजना तमाम

वडाको नमुना काम, माघभित्रै योजना तमाम
सुन्नुहोस्

 गोरखा : देशका विभिन्न पालिका र वडाहरूमा विनियोजित बजेट तथा कार्यक्रम खर्च हुन नसकेर फ्रिज हुन्छन्। कैयौं योजनाहरू उपभोक्ता समिति गठन नै नभई कार्यान्वयन हुँदैनन्। तर, गोरखाको सहिद लखन थापा गाउँपालिकाको एक वडाले भने हरेक आर्थिक वर्षको पहिलो दिन (साउन १ गते ) नै उपभोक्ता समितिबाट सञ्चालन हुने सबै योजनाका लागि उपभोक्ता समिति गठन गर्ने गरेको छ। 

सहिद लखनको वडा नम्बर ७ ले लगातार ३ वर्षसम्म साउन १ गते नै उपभोक्ता समिति गठन गर्ने, साउन मसान्तसम्म योजना सम्झौता गरिसक्ने र सबै योजना तथा कार्यक्रम माघ मसान्तभित्र सम्पन्न गर्ने गरेको छ। यस आर्थिक वर्षका उपभोक्ता समितिबाट सञ्चालन गर्ने सबै योजनाहरू दसैंअघि नै सम्पन्न गर्ने लक्ष्य रहेको वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए। समयमै सबै योजना सम्पन्न गरेर सो वडाले पालिकाबाट लगातार तीन वर्षसम्म ५ लाख पुरस्कार जितेको छ। 

विगतलाई निरन्तरता दिँदै सो वडाले यही साउनको १ गते शुक्रबार उपभोक्ता समितिबाट गर्ने २० योजनामध्य १७ वटा योजनाको समिति गठन गरिसकेको छ।  आर्थिक वर्षको पहिलो दिन गत शुक्रबार बुङकोट स्वास्थ्यचौकी भवन १ लाख ५० हजार रुपैयाँ लागतमा मर्मतसंभार तथा स्तरोन्नति गर्न संगीता भट्टराई लामिछानेको संयोजकत्वमा उपभोक्ता समिति गठन गरेको छ। 

त्यस्तै, दुर्गाबहादुर गुरुङको अध्यक्षतामा २ लाख रुपैयाँ बजेट रहेको मकैपुर चिप्लेटी धारा खानेपानी योजना उपभोक्ता समिति गठन भएको छ। २ लाख रुपैयाँ बजेट विनियोजन भएको मकैपुर महादेव मन्दिर पुनर्निर्माण गर्न रामबहादुर श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको छ। 

त्यस्तै, उपभोक्ताहरूको भेलाले रविन रानाको अध्यक्षतामा ५ लाख रुपैयाँ बजेट रहेको थानीथान मन्दिर पुनर्निर्माण उपभोक्ता समिति गठन गरेको छ। उपभोक्ताहरूको भेलाले एकलाख ५० हजार रुपैयाँ लागतमा वयाक भित्रि सिडी बाटो निर्माण गर्न लोकबहादुर परियारको अध्यक्षतामा एक उपभोक्ता समिति गठन गरेको छ। 

डेढ लाख रुपैयाँ बजेट विनियोजित चिरागरा वसन्ते गाउँ जाने सिँडी बाटो निर्माण गर्न सुनिता श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ। १ लाख ५० हजार रुपैयाँ लागतमा मग्राती टोल सामुदायिक भवन स्तरोन्नति गर्न साउन १ गतेकै भेलाले तिलकबहादुर मग्रातीको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरेको छ।

अधुरो रहेको बोर्लाङी गाउँ सामुदायिक भवन निर्माण सम्पन्न गर्ने उद्देश्यले वडा कार्यालयबाट विनियोजित १ लाख ५० हजार रुपैयाँको कार्यक्रम सञ्चालन गर्न टीका श्रेष्ठको अध्यक्षतामा समिति गठन गरिएको छ। त्यस्तै, आर्थिक वर्षको पहिलो दिनमै ४ लाख रुपैयाँ लागतमा लाखेडाँडा, थानिदेवी हुँदै लाहुरेको जोड्ने अधुरो सडक स्तरोन्नतिका लागि बलबहादुर श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ। २ लाख रुपैयाँ लागतमा चण्डिका आधारभूत विद्यालयको घेराबारका लागि गणेशमान श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको छ। त्यस्तै २ लाख रुपैयाँमा पोखरीडाँडा भित्रीबाटो स्तरान्नति गर्ने कार्यक्रम सञ्चालन गर्न रामजीप्रसाद खनालको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन भएको छ। 

नयाँ आर्थिक वर्षको पहिलो दिन साउन १ गते डेढलाख रुपैयाँ बजेट रहेको मकैपुर डाँडा गाउँ, रातमाटे बेसीगाउँ सडक स्तरोन्नतिका लागि निर्मला श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ। त्यसैगरी शेरबहादुर गुरुङको अध्यक्षतामा १ लाख रुपैयाँ बजेट रहेको गैरीगाउँ अधुरो सामुदायिक भवन निर्माण उपभोक्ता समिति गठन भएको छ। 

अधुरो रहेको बोर्लाङी गाउँ सामुदायिक भवन १ लाख ५० हजार रुपैयाँमा निर्माण कार्य अघि बढाउन टीका श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ। निम्जुङ गाउँबाट आहालडाँडा जाने सडक २ लाख रुपैयाँमा निर्माणका लागि शेरबहादुर थापाको नेतृत्वमा उपभोक्ता समिति गठन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.