ओमान नजिक अमेरिकी मिसाइल आक्रमणमा तीन भारतीय नाविकको मृत्यु

ओमान नजिक अमेरिकी मिसाइल आक्रमणमा तीन भारतीय नाविकको मृत्यु

भारत : भारतका बन्दरगाह, जलमार्ग तथा जहाजरानी मन्त्री सर्बानन्द सोनोवालले बिहीबार ओमानको खाडीमा रहेको एक तेल ट्याङ्करमाथि अमेरिकी सैन्य आक्रमणपछि बेपत्ता भएका तीन भारतीय नाविकको शव फेला परेको जानकारी दिएका छन् । यस घटनापछि भारतले अमेरिकाका उप–मिसन प्रमुखलाई तलब गरी घटनाप्रति कडा विरोध जनाएको थियो । सोनोवालले एक्समा लेखेका छन्, ‘पलाउको झण्डा बोकेको एमटी सेटेबेलो जहाजमा भएको दुःखद घटनाबारे थाहा पाउँदा अत्यन्त दुःखी भएको छु । पहिले बेपत्ता भनिएका तीन भारतीय नाविकको शव फेला परेको छ र उनीहरूको पहिचान पुष्टि गरिएको छ ।’

उनले थप लेखेका छन्, ‘यो हाम्रो लागि अपूरणीय क्षति हो । यस कठिन घडीमा मोदी सरकार शोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक उभिएको छ । मृतकका परिवारलाई आवश्यक सबै सहयोग प्रदान गरिने छ । साथै, उद्धार गरिएका चालक दलका सदस्यहरूको तत्काल स्वदेश फिर्ती र मृतकहरूको शव यथाशीघ्र भारत ल्याउने व्यवस्था गर्न निर्देशन दिइएको छ ।’

फरवार्ड सिमेन युनियन अफ इन्डियाका महासचिव मनोज यादवका अनुसार मृतकहरूमा डेक क्याडेट आदित्य शर्मा, इन्जिन फिटर शिवानन्द चौरसिया र प्रमुख इन्जिनियर पटनाला सुरेश रहेका छन् । शिवानन्द चौरसिया भारतको उत्तर प्रदेशस्थित देवरिया जिल्लाका बासिन्दा थिए । भारतको विदेश मन्त्रालयले घटनाको निन्दा गरे पनि प्रारम्भिक वक्तव्यमा अमेरिकाको नाम उल्लेख गरेको थिएन। तर, पछिल्लो घटनापछि भारतले खुला रूपमा आक्रमणको विरोध गरेको छ ।

भारतमा रहेका अमेरिकी राजदूत सर्जियो गोर कजाखस्तान भ्रमणमा रहेकाले अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई विदेश मन्त्रालयमा बोलाइएको थियो । यसअघि एमटी म्यारीभेक्स नामक अर्को तेल ट्याङ्करमाथि भएको अमेरिकी कारबाहीबाट २४ भारतीय नाविकलाई ओमानको सेनाले सुरक्षित उद्धार गरेको थियो ।

भारतको कडा आपत्ति
एमटी सेटेबेलोमा रहेका २१ भारतीय नाविकलाई सुरक्षित उद्धार गरिएको छ । अमेरिकी सेनाले ‘प्रिसिजन म्युनिसन्स’ प्रयोग गरी जहाजको इन्जिनलाई निशाना बनाएको जनाएको छ ।  अमेरिकी सेन्ट्रल कमान्डका अनुसार उक्त ट्याङ्करले इरानबाट तेल बोकेर नाकाबन्दी उल्लंघन गरिरहेको थियो। सेन्ट्रल कमान्डले जारी गरेको वक्तव्यमा चालक दललाई पटक–पटक चेतावनी दिइएको तर बेवास्ता गरिएकाले कारबाही गरिएको दाबी गरिएको छ ।

यस घटनाले खाडी क्षेत्रमा जारी तनाव तथा समुद्री व्यापार मार्गको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ, विशेष गरी भारतीय नागरिकको ज्यान गएको कारण । भारत सरकारले अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सलाई तलब गरी औपचारिक विरोध जनाएको छ । विदेश मन्त्रालयले ओमानस्थित भारतीय दूतावासले उद्धार तथा खोजी कार्यमा ओमानी अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ । समुद्री गुप्तचर वेबसाइट ल्वाइड्स लिस्टका अनुसार सेटेबेलो हालैका दिनमा ओमानको दुक्म बन्दरगाह नजिक रोकिएका र अमेरिकी निगरानीमा रहेका जहाजहरूमध्ये एक थियो ।

यसअघि संयुक्त अधिराज्य समुद्री व्यापार सञ्चालन केन्द्रले ओमानको सोहर बन्दरगाहबाट करिब २० समुद्री माइल उत्तर–पूर्वमा रहेको एक ट्याङ्करको इन्जिन कक्षमा आगलागी भएको र चालक दलको उद्धार भइरहेको जनाएको थियो । प्रारम्भिक विवरणमा एक जनाको मृत्यु र दुई जना बेपत्ता भएको उल्लेख गरिएको थियो । भारतले क्षेत्रका व्यापारिक जहाज तथा नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय कानुनअनुसार समुद्री मार्गमा स्वतन्त्र र निर्बाध आवागमन सुनिश्चित गर्न आग्रह गरेको छ ।

सैन्य तनाव थप बढ्ने संकेत
जहाजहरूको निगरानी गर्ने वेबसाइटहरूका अनुसार सेटेबेलो यसअघि चीनसम्म पुगेको थियो । मार्च र अप्रिलमा दुई पटक चीन पुगेको उक्त जहाजले अप्रिलको अन्त्यदेखि मेको सुरुसम्म लियानयुङगाङ बन्दरगाहमा माल उतारेको थियो र मे १२ मा सिंगापुरबाट प्रस्थान गरेको थियो । अप्रिल १३ देखि अमेरिकाले इरानी बन्दरगाहहरूमाथि नाकाबन्दी सुरु गरेको थियो । त्यसअघि इरानले क्तचबष्त या ज्यचmगश हुँदै हुने जहाज आवागमनमा कडाइ गरेको थियो ।

यस घटनाले खाडी क्षेत्रमा बढ्दो सैन्य तनाव, समुद्री व्यापारको सुरक्षा र विदेशी द्वन्द्वमा फस्ने भारतीय नाविकहरूको सुरक्षाबारे नयाँ चिन्ता थपेको छ । यसैबीच अमेरिका र इरानबीचको तनाव कम हुने संकेत देखिएको छैन । अमेरिकी राष्ट्रपति म्यलबमि त्चगmउ ले इरानले शान्ति सम्झौतामा हस्ताक्षर गर्न ढिलाइ गरिरहेको र अमेरिकालाई झुक्याइरहेको आरोप लगाएका छन् ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । त्यसको जवाफमा इरानले इजरायल तथा अमेरिकाका सहयोगी खाडी राष्ट्रहरूमाथि मिसाइल र ड्रोन आक्रमण सुरु गरेको थियो । त्यसपछि द्वन्द्व विस्तार हुँदै मार्चमा लेबनानसम्म पुगेको थियो ।
अप्रिलमा अमेरिका र इरानबीच अस्थायी युद्धविराम भए पनि नयाँ आक्रमण, आरोप–प्रत्यारोप र अविश्वासका कारण त्यो अत्यन्त कमजोर अवस्थामा पुगेको छ । त्यसैले क्षेत्रीय स्तरमा पुनः ठूलो सैन्य टकराव हुने जोखिम कायम रहेको विश्लेषण गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.