अमेरिकाको डरले इरानको कदम : युरेनियम भण्डार शिल, सुरुङमा माइन बिछ्याइयो

अमेरिकाको डरले इरानको कदम : युरेनियम भण्डार शिल, सुरुङमा माइन बिछ्याइयो
सुन्नुहोस्

इरान : पछिल्ला केही सातामा इरानले आफ्नो बम बनाउन सक्ने स्तर नजिकको संवर्धित युरेनियम भण्डारलाई थप सुरक्षित बनाउन नाटकीय रूपमा कदम चालेको अमेरिकी गुप्तचर स्रोतहरूले जनाएका छन् । इरानले जानाजानी सुरुङहरू भत्काएको तथा प्रवेशद्वारहरूमा विस्फोटक बारुदी सुरुङ (माइन) जडान गरेको बताइएको छ ।

स्रोतहरूका अनुसार करिब आधा टन उच्च संवर्धित युरेनियमसम्म पुग्न अहिले एक महिनाअघि भन्दा धेरै कठिन, खतरनाक र समय लाग्ने भएको छ । त्यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा अमेरिकी सेनालाई उक्त सामग्री कब्जा गर्न आदेश दिन सक्ने संकेत गरेका थिए ।
इरानले बनाएका नयाँ सुरक्षा संरचनाले तेहरानसँग भइरहेको अमेरिकी वार्तालाई थप जटिल बनाएको छ ।

प्रस्तावित सम्झौताअनुसार इरानको युरेनियम हटाएर नष्ट गरिनु पर्नेछ, तर अहिले त्यो सामग्री कसले र कसरी निकाल्ने भन्ने विषयमा थप प्रश्न उठेको छ । संयुक्त राष्ट्रसंघस्थित इरानी प्रतिनिधिमण्डलले यसबारे टिप्पणीको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन भने ह्वाइट हाउसले पनि प्रश्नहरूको जवाफ दिएको छैन ।

ट्रम्पले युद्ध अन्त्य गर्न र इरानले प्रभावकारी रूपमा बन्द गरेको होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्न भइरहेको वार्तामा युरेनियम सुरक्षित बनाउनु अमेरिकाको प्रमुख प्राथमिकता भएको बारम्बार बताउँदै आएका छन् । शुक्रबार पत्रकारहरूलाई जानकारी गराउने एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार, अमेरिका र इरान सम्झौताको नजिक पुगेका छन् । उक्त सम्झौताअनुसार इरानले आफ्नो संवर्धित युरेनियम अमेरिका समक्ष बुझाउनेछ । त्यसलाई स्थलमै नष्ट गरी पछि देशबाहिर लगिने योजना छ । तर अमेरिकी र इरानी अधिकारीहरूले सम्भावित सम्झौताबारे फरक–फरक दाबी गरिरहेका छन् र यसको वास्तविक शर्तहरू अझै स्पष्ट भएका छैनन्। शुक्रबार एक अर्ध–सरकारी इरानी समाचार संस्थाले सम्झौताको मस्यौदा सार्वजनिक गरेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका थिए ।

स्रोतहरूका अनुसार अहिले इरानीहरू स्वयंका लागि पनि उक्त सामग्री निकाल्नु कठिन र जोखिमपूर्ण बनेको छ । त्यसका लागि भारी उत्खनन उपकरण तथा माइन हटाउने विशेष अभियान आवश्यक पर्नेछ, जुन अत्यन्त चुनौतीपूर्ण कार्य हो । सन् २०१७ देखि २०२१ सम्म अमेरिकी राष्ट्रिय आणविक सुरक्षा प्रशासनको आणविक सामग्री हटाउने कार्यालयका प्रमुख रहेका स्कट रोएकरले भने, ‘यदि यो जानकारी सत्य हो भने, उच्च संवर्धित युरेनियम  पुनः प्राप्त गर्ने काम निश्चित रूपमा थप जटिल बन्ने छ ।’

उनका अनुसार यसले इरानलाई आफ्नो दायित्व पूरा गरेको देखाउन कठिनाइ सिर्जना गर्ने वा वास्तविक भण्डार लुकाउने अवसर पनि दिन सक्छ । यदि वार्ताकारहरूले सम्पूर्ण युरेनियम भण्डार एकै स्थानमा ल्याएर प्रमाणीकरण तथा निष्क्रिय पार्नुपर्ने शर्त राखे भने, इरानले सम्पूर्ण भण्डार सुरक्षित रूपमा उपलब्ध गराउनुपर्ने जिम्मेवारी वहन गर्नुपर्नेछ । तर रोएकरको चिन्ता छ कि इरानले केही युरेनियम ‘निकाल्नै नसकिने अवस्थामा रहेको’ दाबी गर्न सक्छ, जसले भविष्यमा लुकाइएको सामग्री प्रयोग हुने सम्भावना खुला राख्न सक्छ । अन्तर्राष्ट्रिय समुदायको विश्वासअनुसार अधिकांश युरेनियम मध्य इरानको इस्फाहान आणविक केन्द्रका भत्किएका सुरुङहरूमा रहेको छ भने केही अन्य स्थानहरूमा पनि राखिएको छ ।

सीएनएनले सार्वजनिक गरेको विवरणअनुसार मे महिनाको मध्यतिर अमेरिकी सेना युरेनियम कब्जा गर्ने सम्भावित अभियानका लागि तयार थियो, तर जोखिम अत्यधिक भएको निष्कर्षपछि योजना अघि बढाइएको थिएन । त्यसयता इरानले युरेनियम गाडिएको विश्वास गरिएका स्थानहरूलाई झन् कडा रूपमा सुरक्षित बनाएको छ ।  ट्रम्पले पनि बल प्रयोग गरेर युरेनियम निकाल्ने कार्य जोखिमपूर्ण रहेको स्वीकार गरिसकेका छन् । मे महिनामा ँयह ल्भधक सँगको अन्तर्वार्तामा उनले अमेरिकी गुप्तचर निकायको निगरानीबिना इरानले उक्त सामग्री निकाल्न सक्ने सम्भावनाप्रति शंका व्यक्त गरेका थिए ।

उनले भनेका थिए, ‘हामीलाई त्यहाँ के भइरहेको छ भन्ने ठ्याक्कै थाहा छ । अहिलेसम्म कोही पनि त्यसको नजिक पुगेको छैन ।’ तर स्रोतहरूका अनुसार ट्रम्पले सार्वजनिक रूपमा युरेनियमलाई सम्भावित लक्ष्यका रूपमा उल्लेख गरेपछि इरानलाई आफ्ना आणविक सम्पत्तिहरू अझ मजबुत रूपमा सुरक्षित गर्न प्रेरणा मिलेको हुन सक्छ । यदि आगामी साताभित्र अमेरिका–इरान सम्झौतामा हस्ताक्षर भए पनि इरानको आणविक कार्यक्रमको भविष्यबारे विस्तृत प्राविधिक वार्ता अझै बाँकी रहने अपेक्षा गरिएको छ ।

युरेनियम देशबाहिर लैजान अमेरिकी राष्ट्रिय आणविक सुरक्षा प्रशासन अन्तर्गत टेनेसीको ओक रिज राष्ट्रिय प्रयोगशालाले सञ्चालन गर्ने विशेष मोबाइल युरेनियम प्रशोधन सुविधा परिचालन गर्नुपर्ने सम्भावना छ । सीएनएनका अनुसार अमेरिकी वार्ताकार जारेड कुशनर र स्टिभ विटकफले यसै महिनाको सुरुवातमा उक्त प्रयोगशालाको भ्रमण गरेका थिए । तर विश्वकै उत्कृष्ट आणविक सामग्री व्यवस्थापन विशेषज्ञहरूलाई समेत यो कार्य सम्पन्न गर्न पर्याप्त समय लाग्नेछ। ट्रम्पले यस महिनाको सुरुवातमा पत्रकारहरूसँग कुरा गर्दै युरेनियम हटाउने प्रक्रिया पूरा गर्न कम्तीमा दुई साता लाग्ने बताएका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.