ट्रम्पले गरे अमेरिका–इरानबीच ऐतिहासिक शान्ति सम्झौताको घोषणा

ट्रम्पले गरे अमेरिका–इरानबीच ऐतिहासिक शान्ति सम्झौताको घोषणा

काठमाडौं : लामो समयको तीव्र तनाव र सैन्य टकरावपछि संयुक्त राज्य अमेरिका र इरानबीच मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने विषयमा ऐतिहासिक सहमति भएको छ। मध्यस्थकर्ता राष्ट्र पाकिस्तान, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी कूटनीतिज्ञहरूले यस सम्झौताको पुष्टि गरेका छन्।

आइतबार इजरायलले लेबनानको राजधानी बेरुतमा नयाँ हवाई आक्रमण गरेपछि यो सम्झौता संकटमा परेको थियो। इजरायली कदमप्रति कडा आपत्ति जनाउँदै राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सार्वजनिक रूपमै आलोचना गरेका थिए। वार्तालाई विखण्डन हुनबाट जोगाउन अमेरिकाले अन्तिम समयमा केही सहुलियत दिएपछि इरान सम्झौताका लागि तयार भएको स्रोतहरूले जनाएका छन्।

सम्झौताको घोषणा गर्दै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, 'इरानसँगको सम्झौता अब पूरा भएको छ। सबैलाई बधाई! म यसैसाथ 'स्ट्रेट अफ होर्मुज' (Strait of Hormuz) लाई खुला गर्न र अमेरिकी नौसेनाको नाकाबन्दी तुरुन्तै हटाउने पूर्ण अनुमति दिन्छु। विश्वका जहाजहरू हो, आफ्ना इन्जिन सुरु गर, अब तेल बग्न देऊ!'

यता इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि एक विज्ञप्ति जारी गर्दै अमेरिकी नौसेनाको नाकाबन्दी तुरुन्त र पूर्ण रूपमा समाप्त हुने जनाएको छ। सम्झौताको पहिलो चरणअन्तर्गत युद्धको अन्त्य, नाकाबन्दी फुकुवा र इरानको रोक्का गरिएको अर्बौँ डलर बराबरको सम्पत्ति फुकुवा गर्ने विषय समेटिएका छन्। दोस्रो चरणमा भने इरानको आणविक कार्यक्रमका विषयमा छलफल जारी रहने बताइएको छ।

यद्यपि, इजरायलले लेबनानमा आफ्नो सैन्य कारबाही पूर्ण रूपमा रोक्न स्वीकार गरिसकेको छ वा छैन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। यस सम्झौतालाई लिएर इजरायल र अमेरिकाभित्रकै केही राजनीतिक वृत्तमा आलोचना र संशयसमेत व्यक्त हुन थालेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.