भौतिक मन्त्री लम्सालको चेतावनी : काम नगरे ठेकेदारको खुट्टा भाँचिदिनु

भौतिक मन्त्री लम्सालको चेतावनी : काम नगरे ठेकेदारको खुट्टा भाँचिदिनु
सुन्नुहोस्

धादिङ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा निर्माण कार्यमा ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई कडा निर्देशन दिएका छन् । 

आइतबार आयोजना क्षेत्रको निरीक्षणका क्रममा मन्त्री लम्सालले वर्षायाममा जोखिम न्यूनीकरण गर्दै निर्माण कार्यलाई निरन्तरता दिन निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । अनुगमनका क्रममा उनले आयोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै, काममा लापरबाही वा अनावश्यक ढिलाइ स्वीकार्य नहुने स्पष्ट पारे । 

कार्यक्रममा मन्त्री लम्सालले आक्रोशपूर्ण शैलीमा 'काम नगरे खुट्टा भाँचिदिनु' भन्ने अभिव्यक्ति समेत दिए। उक्त भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ। केहीले यसलाई विकास निर्माणमा देखिएको सुस्त गतिप्रति मन्त्रीको असन्तुष्टि र कडा चेतावनीका रूपमा लिएका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिबाट हिंसात्मक भाषा प्रयोग हुनु उपयुक्त नहुने टिप्पणी गरेका छन्।

अनुगमनका क्रममा मन्त्री लम्सालले आयोजनामा देखिएका समस्या तथा अवरोध तत्काल समाधान गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। राष्ट्रिय महत्त्वको यस सडक आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सरकार, निर्माण व्यवसायी र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

विगत केही समयदेखि बिटुमिन अभाव तथा अन्य प्राविधिक कारणले प्रभावित बनेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाको कामले पछिल्लो समय पुनः गति लिएको छ। बिटुमिन आपूर्ति सहज भएसँगै सडक खण्डका विभिन्न क्षेत्रमा धमाधम कालोपत्रे भइरहेको आयोजनाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.