प्रतिनिधि सभा बैठक

हर्क साम्पाङको माग- प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्,पक्राउ परेका युवालाई दुःख नदिइयोस्

हर्क साम्पाङको माग- प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्,पक्राउ परेका युवालाई दुःख नदिइयोस्

काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई(हर्क साम्पाङ)ले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने,'प्रधानमन्त्रीज्यूले दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो। सभामुखज्यूले कहिले त्यो हटाउने आदेश दिनुहुन्छ भनेर पर्खिरहेका छौं। यसमा हाम्रो माग यथावत् छ।'

उनले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेर अतिक्रमण गर्न खोजेको र नेपाली नागरिकलाई आतंकित पार्ने गतिविधि भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। त्यसको विरोधमा माइतीघरमा धर्नामा बसेका राष्ट्रभक्त युवा अजय सोडारी र दीर्जन विकलाई पक्राउ गरी हिरासतमा राखेर मुद्दा चलाउने तयारी गरिएको भन्ने सूचना आएको उल्लेख गर्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए। उनले ती युवालाई अनावश्यक दुःख नदिन आग्रह गरे।

त्यस्तै,उनले एसईई परीक्षाका क्रममा विद्यार्थीहरूको मोबाइल फोन खोसेर नष्ट गरिएको घटनाप्रति पनि ध्यानाकर्षण गराउँदै त्यसको आदेश दिने व्यक्तिमाथि कडा कारबाही गर्न माग गरे।

राईले कैलालीमा टेम्पु भीरबाट खसालेको दृश्यले आफू मर्माहत भएको बताउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे।

उनले घरमाथि ढुंगामुढा प्रहार गरिएको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यस्ता घटनाको पनि छानबिन गर्नुपर्ने बताए। साथै,राईले देशमा लोकतन्त्रको सुनिश्चितता गर्न सरकारसँग माग गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.