वनस्पति घिउ उद्योग सञ्चालनमा आउने

वनस्पति घिउ उद्योग सञ्चालनमा आउने

२०३३ सालमा स्थापना भएको यो उद्योग २०३९ सालदेखि सञ्चालनमा आएको थियो। यो उद्योगमा ९० प्रतिशतभन्दा बढी साल्ट ट्रेडिङ र बाँकी सर्वसाधारणको लगानी छ।


काठमाडौं : लामो समयदेखि बन्द रहेको नेपाल वनस्पति घिउ उद्योग पुुनः सञ्चालनमा आउने भएको छ। बजारमा स्वस्थ तेल उत्पादन गर्ने उद्देश्यका साथ वनस्पति उद्योगलाई पुुनर्जीवन दिने तयारी गरिएको हो।

साल्ट ट्रेडिङ कर्पाेरेसनका विभागीय प्रमुुख ब्रजेश झाले आगामी तीन महिनाभित्र उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए। उनले भने, ‘सस्तो मूल्यमा प्रशोधित तेल उत्पादन गर्न चीनबाट तेल उत्पादन गर्ने प्लान्ट किनेका छौं।’

उद्योगले उत्पादन गर्ने तेल ‘शान्ति’ ब्रान्ड नामबाट बजारमा आउनेछ। विगतमा पनि उद्योगले ‘शान्ति’ ब्रान्डमै वनस्पती घिउ उत्पादन गर्दथ्यो। पहिलो चरणमा उद्योगले तोरीको तेल उत्पादन गर्ने प्रवक्ता कुुमार राजभण्डारीले बताए। उद्योबाट सुुरुवातमा दैनिक एक हजार तीन सय लिटर तोरीको तेल उत्पादन हुुनेछ।

उद्योग पुुनः सञ्चालन हुुँदा पहिलो चरणमा १२ जनाले रोजगारी पाउनेछन्। उद्योग बन्द हुुँदा एक सय १७ जनाले रोजगारी गुुमाएका थिए। दुुई करोड दुुई लाख पाँच हजार रुपैयाँ चुुक्ता पुुँजी रहेको उद्योगको सञ्चित नोक्सानी ४० करोड रुपैयाँ छ ।

नेपाल स्टक एक्सचेन्जमा समेत सूचीकृत नेपाल वनस्पती घिउ उद्योग १३ वर्षदेखि बन्द छ। घिउको बिक्रीमा बजारसँग प्रतिस्पर्धा गर्न नसकेपछि यो उद्योग बन्द भएको थियो। तत्कालीन समयमा भारतबाट आयात हुुने डाल्डा घिउलाई विस्थापित गर्ने उद्देश्यका साथ २०३९ मा नेपाल वनस्पति घिउ उद्योगले ‘शान्ति’ ब्रान्डको वनस्पति घिउ उत्पादन थालेको थियो।

बजारमा निजी क्षेत्रका उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बन्द भएको थियो। २०३३ सालमा स्थापना भएको यो उद्योग २०३९ सालदेखि सञ्चालनमा आएको थियो। स्वर्गीय पूर्वराजा महेन्द्र शाहकी छोरी शान्ति राज्यलक्ष्मीको समेत लगानी थियो। २०४४ सालमा शाहले आफ्नो सेयर साल्ट ट्रेडिङलाई बेचेपछि ट्रेडिङले ९० प्रतिशत सेयर आफूसँग राखेर १० प्रतिशत सर्वसाधारणलाई बेचेको थियो।

यो उद्योगमा ९० प्रतिशतभन्दा बढी साल्ट ट्रेडिङको र बाँकी सर्वसाधारणको लगानी छ। स्टक एक्सचेन्जमा यसको हाल एक लाख एक हजार २५० कित्ता सेयर सूचीकृत छ। यद्यपि, लामो समयदेखि दोस्रो बजारमा यसको सेयर कारोबार भएको छैन। चालु आवभित्रै उद्योग सञ्चालनमा ल्याएसँगै दोस्रो बजारमा सेयर कारोबार सुुरु हुुने प्रवक्ता राजभण्डारीको भनाइ छ।

लामो समयसम्म सञ्चालनमा नल्याई अनिर्णयको बन्दक बनाएको भन्दै हेटौंडा औद्योगिक क्षेत्र लिमिटेडले नेपाल वनस्पतीको लिज नवीकरण रोकेको छ। उद्योगले वर्षौंदेखि औद्योगिक क्षेत्रको जग्गाको लिज नवीकरण समेत गरेको छैन। उद्योगलाई पटकपटक लिज सम्झौता नवीकरण गर्न आग्रह गर्दा पनि निर्णय नगरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको आरोप छ। यसरी अनिर्णयको बन्दक रहँदा जमिनको उत्पादकत्व घट्दै गएको कार्यालयले जनाएको छ।

नेपाल वनस्पति घिउ उद्योगले औद्यगिक क्षेत्रभित्रको ६९.७३ रोपनी जग्गा उद्योग प्रयोजनमा २०५३ सालदेखि र ९.२३ रोपनी जग्गा आवास प्रयोजनका लागि २०५९ सालबाट लिजमा लिएको थियो। २० वर्षको लिज अवधि पूरा गरेको उद्योग ६४ सालदेखि बन्द छ। २०७२ सालमा कार्यालयले उद्योग सञ्चालनका लागि ३५ दिने अल्टिमेटम दिएको थियो। तर, तीन वर्ष बितिसक्दा पनि उद्योग सञ्चालनमा नआएको र नवीकरण पनि नभएपछि कार्यालयले जग्गा जफत गर्ने निर्णय गरेको छ।

गत मंसिरमा नै आवेदन दिएको भए पनि नवीकरण स्वीकृत नभएको उद्योगका महाप्रबन्धक जोशीको भनाइ छ। उनले भने, ‘औद्योगिक क्षेत्रको कार्यविधिअनुुसार सञ्चालनमा नरहेको उद्योगको नवीकरण नहुुने बुुझिएकाले चाँडोभन्दा चाँडो यसलाई सञ्चालनमा ल्याएर नवीकरण गर्न हामी प्रतिबद्ध छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.