राष्ट्रिय सभामा सत्तापक्ष-प्रतिपक्ष बाझाबाझ, बैठक नै स्थगित

राष्ट्रिय सभामा सत्तापक्ष-प्रतिपक्ष बाझाबाझ, बैठक नै स्थगित

काठमाडौं : सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदबीच कसले पहिला बोल्ने भन्नेमा विवाद हुँदा राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउनेबित्तिकै सत्तापक्षका सबै सांसदहरुले उठेर बोल्न समय माग गरेका थिए ।

सभाअध्यक्ष तिमिल्सिनाले सत्तारुढ दलका सांसदलार्इ बस्न आग्रह गर्दै नेकपाका प्रमुख सचेतक खिमलाल भट्टरार्इलार्इ बोल्न समय दिए ।

भट्टरार्इले बोल्न सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदरहरूले उठेर विरोध जनाएका थिए। अध्यक्ष तिमिल्सिनाले कांग्रेस सांसदलार्इ बस्न आग्रह गरेपनि कार्यव्यवस्था परामर्श समितिको सहमति अनुसार आफूहरुले बोल्न पाउनुपर्ने भन्दै कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा प्रमुख सचेतक रहेकी सरिता प्रसाइँले बोल्ने नदिए सदन चल्न नदिने अडान राखेकी थिइन् ।

तर एमाले सांसद भट्टरार्इले भने आफूहरुले बोल्नका लागि समय पाइसकेकाले बोल्न पाउनुपर्ने भन्दै आफ्नो धारणा राख्न सुरु गरे । बैठकको कार्यसूची अनुसार नै आफूले बोल्न लागेको बताएका थिए । उनले भने 'हामीले बोल्नका लागि समय पाइसकेका छौं सदन सुचारु गर्ने वातावरण बनाइदिनुपर्‍यो अध्यक्षज्यू ।'

यता कांग्रेसका सांसदले उभिएरै विरोध जनाएपछि अध्यक्षले फेरि बस्न आग्रह गर । अध्यक्षले नेकपाका सांसद भट्टरार्इ र कांग्रेस सांसदलार्इ पटक बस्न आग्रह गरिरहे । 'सत्तापक्षका सांसदले पहिला उठेर समय माग गरिसकेका छन् उनीहरुलार्इ बोल्न समय दिइसकेको छु' प्रतिपक्षी दलका सांसदलार्इ सम्झाउँदै अध्यक्षले भने,' त्यसपछि तपार्इहरुले बोल्ने समय पाइहाल्नुहुन्छ बसिदिनुस् माननीयज्यू ।' 

कांग्रेसका सांसदले उभिएर विरोध जनाइरहँदा भट्टरार्इले भने आफ्नो धारणा राखिरहेका थिए । एकातिर कांग्रेसका सांसदको अवरोध अनि अर्कातर्फ सत्तारुढ दलका सांसदले बोल्ने क्रम जारी थियो ।

अध्यक्ष तिमिल्सिनाले सदन सञ्चालन नियमावलीबारे सांसदलार्इ पटक पटक अवगत गराइरहेका थिए । उनी भनिरहेका थिए 'माननीयहरु, तपार्इँहरु आफैँले बनाएको नियमावलीको ख्याल गर्नुस् । यसको मर्यादा ख्याल गर्नुस् । पालैपालो भएर बोलौं । म सबैलार्इ समय दिन्छु ।'

एकातिर बोल्नका लागि नेकपाका प्रमुख सचेतक भट्टरार्इ उभिरहेका थिए भने कांग्रेसका सांसद भने बैठकको सुरुदेखि नै आफूले बोल्न पाउनुपर्ने माग गरिरहेका थिए । दुबै पक्ष आ-आफ्नो अडानबाट टससस नभएपछि अध्यक्ष तिमिल्सिनाले बैठक बुधबारसम्मका लागि स्थगित गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.