कार्यपालिका बैठकको माग गर्दै भेरी नगरपालिकामा तालाबन्दी

कार्यपालिका बैठकको माग गर्दै भेरी नगरपालिकामा तालाबन्दी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जाजरकोट : भूकम्प पीडितहरूको अस्थायी आवासको दोस्रो किस्ता तत्काल भुक्तानी गर्न माग गर्दै भेरी नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका प्रतिनिधिहरूले भेरी नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेका हुन्।

मंगलबार प्रशासनिक भवनमा तालाबन्दीपछि नेपाली कांग्रेसतर्फबाट भेरी नगरपालिका–१० का वडाअध्यक्ष दलबहादुर राना र नेकपा माओवादी केन्द्रका वडा नम्बर ८ का वडाअध्यक्ष वीरबहादुर चन्दले हस्ताक्षर गरी संयुक्त प्रेस वक्तव्य समेत जारी गरेका छन्।

भूकम्पपछि निमार्ण गरिएका अस्थायी आवासको दोस्रो किस्ता अविलम्ब भुक्तानी गर्नुपर्ने,भेरी नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा तत्काल औषधिको व्यवस्थापन गर्नुपर्ने,शिक्षक दरबन्दी मिलान प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत बिनियोजित भएका योजनाहरूको समीक्षा तथा नगरसभाको निर्णय कार्यन्वयन गर्नुपर्ने,भेरी नगरपालिका अन्तरगत रहेका कर्माचारीहरुले मिसन– ८४ को निर्वाचनलाई लक्षित गरि सामाजिक संजालमा लेखिएका क्रियाकलापका विषयमा तत्काल कानुनी कार्वाही गर्नुपर्ने,भेरी नगरपालिकाको दरबन्दी तेरिजी (इल्ः) अनुसारको कर्मचारी तत्काल व्यवस्थापन गर्नुपर्ने वक्तव्यमा उल्लेख गरिएको छ ।
 
भेरी नगरपालिकाको कार्यापालिका बैठक विगत साढे १ महिनादेखि बस्न सकेको छैन।  बहुमत कार्यपालिका सदस्यहरूले मौखिक तथा लिखित रुपमा बैठक बस्न पटकपटक माग गरेपनि सुनुवाइ नभएपछि  नगरपालिकाको प्रशासकीय भवनमा तालाबन्दी गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.