स्व. अरुण थापालाई उनकै गीतबाट श्रद्धाञ्जलि

स्व. अरुण थापालाई उनकै गीतबाट श्रद्धाञ्जलि

भक्तपुर : नेपाली सुगम संगीतका चर्चित गायक स्वर्गीय अरुण थापाप्रति भक्तपुरमा गीतसंगीतको माध्यमबाट श्रद्धाञ्जलि अर्पण गरिएको छ।

स्व. थापाको १९ औं स्मृति दिवसको अवसर पारेर रागरागिनी इन्टरटेन्टमेन्ट, भक्तपुर सांगीतिक समाज र विनाता कला प्रतिष्ठानले उक्त सांगीतिक श्रद्धाञ्जली अर्पण गरेका हुन्।

कार्यक्रममा स्व. अरुण थापाका कालजयी १७ वटा गीत प्रत्यक्ष प्रस्तुत गरिएको थियो। लुट २ को चर्चित गीत ठमेल बजारमा गीतकी गायिका मीना निरौलाले समेत कार्यक्रममा स्व. थापाको गीत गाएकी थिइन्। 

उनले ‘मेरा गीत सबै तिमीलाई’ गीत प्रस्तुत गरेकी थिइन्। भक्तपुरकी बाल गायिका सर्वश्री कसपालले पनि यहीं गीतमा आफ्नो स्वर दिए। अर्का बाल गायक आयुष केसीले ‘यो मनको के भर हुन्छ’ गीतमा स्वर दिँदा अर्का बाल गायक अधिश्री कसपालले ‘नपोखिने नजोखिने’ गीत प्रस्तुत गरे।

त्यस्तै ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौ’ भन्ने गीत प्रवीण शाहीले गाउँदा ‘साँझको जूनसँगै’ मा रोशन धौभडेलले आफ्नो स्वर दिए। कालजयी गीत ‘चोट के हो ? व्यथा के हो’ अजर जंगमले गाए। उनी वरिष्ठ संगीतकार दीपक जंगमका सुपुत्र हुन्।

‘भुलुँ भुलँु लाग्यो मलाई सपनीमा’ गीतमा विमला पन्थीले स्वर दिँदा सत्यनारायण मानन्धर र सरिता प्रजापतिले ‘आँखाको निद खोजी’ गीत गाए। त्यस्तै लक्ष्मण पलिखेलले ‘म रोएँ पनि’ मा आफ्नो स्वर भरे। निरब नायभाले ‘लाग्न थाल्यो जीवनमा’, श्रीजल मधिकर्मीले ‘तिमी भन्छौ भने’ र सन्तोष ताम्राकारले ‘अरुसँग नजोख मलाई’ गीत गाए।

स्व. थापाकै चर्चित ‘दोष कसैलाई दिन चाहन्न’ गीतमा विजय कायस्थ र कुवेर राई स्वर दिँदा कपिल कसपालले ‘पारिगयौं किन अधुरो’ र विनोदराज ढुंगेलले ‘सपनाहरु सबै’ गीत प्रस्तुत गरे। सानुमैंया ताम्राकारले ‘लाग्न थाल्यो’ गीत गाउँदा स्व. गायक थापाको ‘तिमी राम राम भोला’ बोलको भजनमा बद्रीनारायण ताम्राकारले आफ्नो स्वर भरे। त्यस्तै स्व. थापाको ‘करोड मुटुहरुको’ बोलको राष्ट्रिय गीतमा समूह गायन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा ताम्राकारको विनाता कला प्रतिष्ठानका वाद्यवादकहरुले सबै गीतामा प्रत्यक्ष संगीत दिएका थिए। ताम्राकार स्वयम्ले हार्मोनियम बजाउँदा ओमप्रकाश श्रेष्ठ र हरिशंकर कुलुजूले तबला बजाए।

त्यस्तै लिड गितारमा सुरज कपाली र रिदम गितारमा सन्तोष ताम्राकारले आफ्नो औंला नचाए। निरञ्जन भण्डारीले बाँसुरी बजाउँदा तेजु श्रेष्ठले अक्टाप्याड सम्हालेका थिए।

द शुभारम्भ म्युजिकल जर्नीको प्रस्तुति रहेको कार्यक्रममा नेपाली गीत संगीतलाई विश्वव्यापीकरण गर्न योगदान गरेको भन्दै गीतकार राजेन्द्र रिजाललाई अरुण थापा स्मृति सम्मान प्रदान गरिएको थियो। वरिष्ठ गीतकार चेतन कार्कीले उनलाई उक्त सम्मान वितरण गरेका थिए।

त्यस्तै बाल गायक अधिश्री कसपालको स्वरमा पुनः रेकर्ड गरिएको स्व. थापाको ‘चोट के हो ?, व्यथा के हो ?’ गीतको विमोचनसमेत गरिएको थियो।

कार्यक्रममा डा. सनद वस्ती, प्रकाश सायमी, विश्व बल्लभ, दीपक खरेल, माइक खड्का, मुरारी सिग्देल र गीतकार सुवासचन्द्र ढुंगेललगायतको उपस्थिति रहेको थियो।

नेपाली सुगम संगीतमा स्व. अरुण थापाको योगदानबारे नयाँ पुस्तालाई जानकार गराउन कार्यक्रम गरिएको भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाहीले जानकारी दिए।

भक्तपुरमा गीतसंगीतको प्रवद्र्धन गर्न तथा पुराना गायकगायिकाको योगदानको कदर गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.