'यो नेपालको मात्र समस्या होइन'

'यो नेपालको मात्र समस्या होइन'

२९ जुलाइ २०१५मा दिल्ली महिला आयोगकी अध्यक्षको पदभार संभालेकी मालिवालको तीन दिनपछि समयावधि पुरा हुँदैछ । तर दिल्ली सरकारले उनको कार्यकाल पून तीन वर्षकोलागि थपेको छ । १६ नेपाली चेलीहरुको उद्धार गरेकी मालिवालसँग अन्नपूर्णकर्मी आशा थपलियाले गरेको छोटो कुराकानी

स्करी भएर आउने नेपाली चेलीहरुको अवस्था कस्तो देख्नुभएको छ ?

तस्करी भएर आउने नेपाली महिलाहरु निकै सोझा हुन्छन्, धेरै पढेलेखेका हुँदैनन् । गरीबीको कुचक्रमा फँसेका हुन्छन् । कहाँ जाँदैछु , किन जाँदैछु, कसले लिएर जाँदैछ भन्ने बारेमा केहि थाहा हुँदैन । भर्खरै गरिएको १६ जनाको उद्धारका क्रममा भेटिएका किशोरी तथा महिलाहरु अधिकाँशले भुकम्पपछि घर भत्कियो , केहि बचेको छैन् , खान लाउन पुगेन त्यसैेले जागीर खोज्ने क्रममा आएको बताएका छन् ।

यसमा नेपाल सरकारले मुख्य रुपमा दुइ वटा विषयमा काम गर्नुपर्ने जरुरी देखिन्छ । गरीबीको समस्याबाट उनीहरुलाइ निजात दिलाउन मुलुकमै रोजगारीको व्यवस्था गर्नुपर्छ र उनीहरुलाइ सचेत बनाउनेतर्फ काम गर्नुपर्छ । दो श्रो, सोझा साझा महिलालाइ फकाइ फुल्याइ तस्करी गर्ने तस्करहरुलाइ पक्राउ गरेर कडा भन्दा कडा सजाय दिनुपर्छ ।

नेपालको मात्रै हो कि यो समस्या ?

होइन् , विकासोन्मुख मुलुकहरुमा पनि मानव तस्करी हुन्छ । यो विश्वव्यापी समस्या हो । यसलाइ विश्वमै संगठित अपराध मानिन्छ । दक्षिण एशियाली मुलुकहरुको भने समस्या समान छ । नेपाल र भारतको सन्दर्भमा कुरा गर्दा यो नेपालको मात्रै समस्या भने होइन । जीबी रोडका कोठीमा भारतीय चेली भेटिन्छन् । नेपाली चेली पनि छन् । दक्षिण एशियाको सन्दर्भको कुरा गर्दा बंगलादेश र पाकिस्तानबाट पनि तस्करी हुन्छन्, तर खुलासीमानाकाका कारण भारतमा नेपालबाट सबैभन्दा बढि तस्करी भइरहेको छ ।

नेपाली चेलीहरुको तस्करी किन सजिलो भएको हो ?

यस्ता तस्करीमा ठूलो गिरोह नै संलग्न छ । नेपाली चेलीहरुलाइ दिल्लीसम्म ल्याइपुरयाउन त खुलासीमा नाका नै काफी छ । दिल्लीबाट बाहिर पठाउनकाागि भने पासपोर्ट लगायतका अन्य कागजातहरु सबै नक्कली तयार पारिन्छन् । त्यसमा नेपाली दूताबासबाट दिइने अनापत्ति प्रमाण पत्र (नो अब्जेक्सन सर्टिफिकेट एनओसी)को अनिवार्यताका विषयमा एक पटक पूर्नविचार गर्नु पर्छ जस्तो लाग्छ । किनकी दूताबासको एनओसी एउटा पुख्ता कागजात मानिन्छ । र तस्करहरुले यो कागजातको पनि नक्कली कपी सजिलै तयार पार्छन ।

नेपालका सम्बन्धित निकायसँग तपाइको कुराकानी भएको छ?

पूर्वराजदूत दीपकुमार उपाध्यायसँग भेटेर यी विषयमा छलफल गरेको थिए । तर अब यो घटनापछि म नेपाली दूताबाससँग फेरि पनि भेटने समय माग्छु । उद्धार गरिएका यी नेपाली चेलीहरुलाइ नेपाल फर्काउन तथा उनीलाइ सुरक्षित गृह दिनकालागि नेपाली दूतावासको मदत आवश्यक हुन्छ । उनीहरुलाइ पून फर्केर आउन नपर्नेगरि व्यवस्था गराउनकालागि नेपाल सरकारको ध्यानाकर्षण गराउँछु । नेपाल र भारत सरकारले मिलेर संयुक्त रुपमा तस्कर र तस्करी विरुद्ध काम गर्नुपर्छ । दिल्ली मानव तस्करीकोलागि श्रोत र गन्तव्य दुबै बन्दै गएकोे छ । त्यसैले यसको नियन्त्रणकोलागि यहाँको केन्द्र सरकारको पनि ध्यानाकर्षण गराएको छु ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.