डा. केसीको नाममा संसद बैठकमा कांग्रेसको अवरोध
जनकपुरः २७ दिनदेखि अनशनरत प्रा. डा. गोविन्द केसीको माग पुरा गर्न भन्दै नेपाली कांग्रेसले प्रदेश २ का सांसदले संसद बैठकमा अवरोध गरेका छन् । बिहीबार बैठक सुरु हुन नपाउँदै कांग्रेसका सचेतक उपेन्द्र कुशवाहले केसीका माग पुरा नभएसम्म संसद चल्न नदिने भन्दै अवरोध गरे ।
सभामुख सरोज यादवले बैठकको कार्यसूचीबारे जानकारी दिन नपाउँदै कांग्रेस सांसदहरुले उठेर अवरोध गरेका हुन् । कांग्रेसको अवरोधपछि प्रदेश २ को संसद बैठक यही वैशाख १३ गतेसम्मका लागि स्थगित भएको घोषणा सभामुख यादवले गरे ।