लिटिल आइडल खोज्दै प्याब्सन

लिटिल आइडल खोज्दै प्याब्सन

काठमाडौं : सिर्जनात्मक काममा प्रेरित गर्न मिस लिटिल आइडलको खोजी सुरु भएको छ । विद्यार्थीमा निहित क्षमतालाई उजागर गर्न आठदेखि १३ वर्षका छात्राहरूको खोजी भइरहेको हो ।

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्ट प्रालिको संयुक्त आयोजनामा हुने मिस लिटिल आइडल २०१८ को खोजी सुरु भएको हो । विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुमा निहित क्षमता अभिवृद्धिका साथै गुणस्तरीय अध्ययन र सिर्जनात्मक काममा प्रेरित गर्न उक्त प्रतियोगिता आयोजना हुँदै आएको छ ।

प्रतियोगितामा निजी तथा सरकारी विद्यालयमा अध्ययनरत देशभरका आठदेखि १३ वर्ष उमेर समूहका छात्रा सहभागी हुन सक्नेछन् । सन् २००९ देखि वार्षिक रूपमा यो प्रतियोगिता आयोजना गर्दै आएको एक्सन इन्टरटेनमेन्टसँग २०७२ सालदेखि प्याब्सन काठमाडौंले सहकार्य सुरु गरेको हो ।

प्रतियोगिताका शीर्ष उपाधि विजेतालाई नगद पुरस्कार एवं ताजसहित प्याब्सनको संयोजनमा सम्बन्धित विद्यालयसँग समन्वय गरी मासिक शुल्कमा एक वर्षको छात्रवृत्ति, फस्ट रनरअप एवं सकेन्ड रनरअपलाई नगद पुरस्कार र ताजसहित प्याब्सनको संयोजनमा सम्बन्धित विद्यालयसँग समन्वय गरी मासिक शुल्कमा एक वर्षको ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी विद्यार्थीको व्यक्तित्व विकास, क्षमता अभिवृद्धि, लुकेको प्रतिभा प्रस्फुटन एवं अतिरिक्त क्रियाकलापमा सुधारलगायत धेरै कुरामा प्रभावकारी देखिएकाले मिस लिटिल आइडल प्रतियोगितालाई निरन्तरता दिइएको प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । 
 
पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंकी सहसचिव एवं मिस लिटिल आइडल २०१८ की संयोजक रिता राई (दाहाल) ले प्रतियोगिता उपलब्धीमूलक एवं सहभागीमा सकारात्मक परिवर्तन देखिएको बताइन् ।

‘अहिलेका विद्यार्थी किताबमा मात्र सीमित भएर हुँदैन । कोर्षमा नभएका तर समयअनुसार आवश्यक क्षमता अभिवृद्धिका लागि यस्तो प्रतियोगिता आयोजना गरिएको हो’, संयोजक राईले भनिन् ।

मिस लिटिल आइडल २०१२ की फस्ट रनरअप जोफेन लामाले यस प्रतियोगिताले आफ्नो व्यक्तित्व विकास एवं आत्मविश्वासमा अभिवृद्धि भएकाले आफू यहाँसम्म आइपुगेको अनुभव सुनाइन् ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भदौ १६ गते राजधानीमा हुनेछ । मिस लिटिल आइडलको यो नवाै‌ संस्करण हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.