डा. केसीका मागमा सहमति : केही बेरमा अनसन तोड्ने

डा. केसीका मागमा सहमति : केही बेरमा अनसन तोड्ने

काठमाडौं : चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै २७ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीका मागमा सहमति भएको छ। बुधबार राति र बिहीबार दिनभरको छलफलपछि सरकारी वार्ता टोली र डा. केसीबीच सहमति भएको हो।   

बिहीबार दिउँसो सिंहदबारबारमा भएको ७ बुँदे सहमतिमा केसीले असहमति जनाएपछि ९ बुँदे सहमतिको तयारी भएको थियो। नौ बुँदो सहमतिको एक बुँदामा केसी असन्तुष्ट देखिएका थिए।

त्यसपछि बालुवाटारमा भएको लामो छलफलपछि केसीका मागमा सहमति जुटेको हो। केसी पक्षका वार्ताटोलीका सदस्य डा. अभिषेकराज सिंहका अनुसार अहिले भने सबै विषयमा सहमति भएको छ। केही बेरमै केसीले अनसन तोड्ने जानकारी डा. सिंहले दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.