अनसनको २७ दिनमा सहमति पत्रमा हस्ताक्षर गर्दै डा. केसी
काठमाडौं : चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै २७ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीका मागमा सहमति भएको छ । बुधबार राति र बिहीबार दिनभरको छलफलपछि सरकारी वार्ता टोली र डा. केसीबीच सहमति भएको हो । डा. केसीले बिहीबार राति करिब साढे १० बजे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।