क्याब्जे ठुल्श्यिक रिम्पोछेको ३२औं अवतार ४ वर्षीय बालक

क्याब्जे ठुल्श्यिक रिम्पोछेको ३२औं अवतार ४ वर्षीय बालक

 काठमाडौं : बौद्धधर्मका बरिष्ठ गुरु मानिने क्याब्जे ठुल्श्यिक रिम्पोछेको ३२औं अवतार भेटिएको धर्मगुरुरूले पुष्टी गरेका छन् । एक महिनाअघि ४ वर्षीय बालकमा रिम्पोछेको ३२ औं अवतार भेटिएको बौद्धधर्मगुरुले दाबी गरे । अवतार प्रमाणितसँगै मुख्य धर्मगुरु क्याव्जे दो ठुक्चेन रिम्पोछेले अवतारी रिम्पोछेको नाम ठुल्सिक ङवाङ जिग्मी ठिन्लेन कुन्ख्याप रिम्पोछे राखेका छन् । सोलुको दुधकुण्ड नगरपालिका-१ स्थित थुप्तेन दोङाक क्षोलिङ गुम्बाका धर्मगुरुसमेत रहेका रिम्पोछेको ८८ वर्षको उमेरमा २०६७ मा मृत्यु भएको थियो ।

महाकुलुङ गाउँपालिका-१ चेरेममा जन्मेर हलेसी तुवाचुङ नगरपालिका-७ मा बस्दै आएका मारातिका दुङजिन ङवाङ जिग्टल छोकी वाङछुक र आमा उर्गेन डोल्मा शेर्पाको कोखबाट तेस्रो सन्तानको रुपमा २०७१ माघ ८ गते जन्मिएका बालकमा रिम्पोछेको अवतार भेटिएको धर्मगुरुले पुष्टी गरे । अवतार पुष्टीसँगै मुख्य चेला र हजारौं दर्शनार्थीको उपस्थितिमा सोलुखुम्बुकै गुम्बामा बस्त्र चडाउने काम सम्पन्न गरिएको छ ।

अवतारीको गद्दीआरोहणमा ङिङमा सम्प्रदायका प्रमुख धर्मगुरु जटुल रिम्पोछे, शंशङ रिम्पोछे र चतुक्पा टुल्कुलगायत विभिन्न धर्मगुरुको उपस्थिति थियो ।

अवतारीसँग बुधबार ञिङ्मापा सम्प्रदायको साताै वरिष्ठ धर्मगुरु रिम्पोछे व्याब्जे काथोक गेचेले हात्तिवनको गुम्वामा भेट गरी सकेको छ । अवतारी पत्ता लगाउन र पुष्टी गर्न अमेरिका, भारत, तिब्वतसहित विश्वभरका धर्मगुरुको सिफारिसमा आठजनाको समिति गठन भएको थियो । रिम्पोछेको पहिलो अवतार पञ्च बुद्धमध्ये बुद्ध वरोचना, दोस्रो अवतार वज्रपानी हो भने ३० औं अवतार ठुल्सिक दोङा लिङपा र ३१ औं अवतार क्याव्जे ठुल्सी ङवाङ छोकी लोडो रिम्पोछे हो । 

३१ र्आैं अवतार दलाइ लामाका गुरु समेत हुन् । बुद्धधर्ममा हालसम्म दलाई लामाको १४ औं र कर्मपाको १७ औ अवतार प्राप्त भएको बुद्धधर्मका गुरुहरू बताउँछन् । बुद्धधर्म महायनअन्र्तगत हाल ञिङ्मापा, गेलुक, शाक्य र कग्यू सम्प्रदाय छन् भने हिनयान अन्र्तगत थेरावत, बज्रयान छन् । यीमध्ये ञिङ्मापा अध्यात्म र गेलुक तर्कशास्त्रमा बढी विश्वास गर्ने गर्छन । यिमध्ये भारत, तिब्वत र लुम्बिनी विश्वविद्यालयले औपचारिक विद्यालय सञ्चालन गर्दै आएको छ । उर्गेन दोर्जे छ्योलिङ इस्न्टिच्यूटले पनि पाठ्यक्रम निर्माण गरी अध्यापन सुरु गरेको छ । अध्यनपछि बरिष्ठ धर्मगुरुको रुपमा रिम्पोछे, त्यसपछि खेन्पो, गेसे, आचार्य, दोर्जे लोपेन जस्ता पदहरू हुन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.