विपन्न परिवारलाई टिनको छानो

विपन्न परिवारलाई टिनको छानो

तम्घास : मालिका गाउँपालिका–५ का यमबहादुर विक ७ वर्षदेखि खरको छानामुनि बस्थे । मेलापात नगरी उनलाई बिहान बेलुका छाक टार्न धौधौ पथ्र्यो । घरमा साना छोराछोरी छाडेर पतिपत्नी दुवै मेलापात जानुपर्ने बाध्यता थियो । तर, उनलाई बेलुका घर नफर्कुन्जेल खरको छानो भएको सानो झुपडीमा कतै आगो आगो त सल्केन भन्ने पीर परिरहन्थ्यो । तर अहिले उनको त्यो चिन्ता हराएको छ ।

गाउँपालिकाले जनता आवास कार्यक्रममार्फत उनलाई टिन उपलब्ध गराएपछि उनी अहिले खरको छाना हटाएर हरियो टिनको छानामुनि ढुक्कसाथ बसेका छन्, ‘खर हुँदा सधैं पीर हुन्थ्यो’, विकले भने, ‘गाउँपालिकाले टिन दियो । चिन्ता पनि हरायो ।’ विकका अनुसार घरको लागि आवश्यक जस्तापाता गाउँपालिकाले निःशुल्क दिएपछि खुसी लागेको बताउँदै आफ्नो दुःख देख्ने सरकार आएको सुनाए ।

गाउँपालिकाका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष शोभाखर गिरीले गाउँपालिकालाई खरको छानामुक्त बनाउने अभियानअन्तर्गत विपन्न परिवारलाई जस्तापाता उपलब्ध गराएको जानकारी दिए । ‘पैसा हुनेले पहिल्यै टिन लगाएका छन्’, गिरीले भने, ‘विपन्नका लागि जस्तापाता दिएका छौं ।’ उनले पहिलो चरणमा गाउँबाट १ करोड बजेट विनियोजन गरी झण्डै ४ सय ५० घरधुरीले खरका छाना हटाएर जस्तापाता लगाएको जानकारी गराए ।

यस्तै मदाने गाउँपालिकाले पनि गाउँपालिकाभरि रहेका खरका छाना हटाएर जस्तापाता उपलब्ध गराउने कार्यक्रम गरिरहेको छ । पालिकाभर खरका छाना भएका झण्डै पाँच सय घरधुरीका लागि आर्थिक वर्ष ०७४÷७५ मा एक करोड बजेट विनियोजन गरी पहिलो चरणमा अतिविपन्न तीन सय घरधुरीलाई जस्तापाता उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए । उनले बाँकी परिवारलाई आउँदो वर्ष उपलब्ध गराउने गरी कार्यक्रम बनाएको समेत बताए ।

खरका छानामुनि बसेका विपन्न परिवारलाई धुर्कोट गाउँपालिकाले पनि जस्तापाता उपलब्ध गराएको छ । अझै पनि खरकै छानामा बस्नुपर्ने बाध्यता भएका विपन्न परिवारलाई गाउँपालिकाले जस्तापाता उपलब्ध गराएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । ‘गरिब र विपन्नका लागि स्थानीय सरकार हो’, उनले भने,‘सबै खरका छाना हटाउँछौं, टिन दिन्छौं ।’ पोखरेलका अनुसार गाउँपालिकाभरि पाँच सय घर खरले छाएका छन् ।

आव ०७४÷७५ मा १ करोड ५० लाख बजेट विनियोजन गरी झण्डै चार सय घरधुरीलाई जस्तापाता उपलब्ध गराइएको पोखरेलले जानकारी दिए । आगामी वर्ष खरको छानामुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेकोसमेत उनले बताए । जिल्लाका इस्मा, मुसीकोटलगायत धेरै स्थानीय तहले खरको छाना विस्थापित गरी विपन्न परिवारलाई जस्तापाता उपलब्ध गराउने कार्यलाई तीव्रता दिएका छन् ।       

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.