पादरीले यौन शोषण गरेको खुलासा

पादरीले यौन शोषण गरेको खुलासा


भ्याटिकन सिटी : क्रिस्चियन धर्मावलम्बीको पवित्रस्थल भ्याटिकन सिटीमा पादरीहरूद्वारा यौन शोषण भएको खुलासा भएको छ।आफूमाथि पादरीहरूले यौन शोषण गरेको क्रिस्चियन धर्मका ननहरूले खुलासा गरेका हुन्।यौन शोषणविरुद्ध शुरु भएको ‘म पनि’ अभियानसँगै पादरीहरूको यौनशोषण घटना सार्वजनि भएको हो। 

एक ननले २० वर्षअघि विश्वविद्यालयमा कक्षा कोठामै पादरीले यौन उत्पीडन गरेको बताइन्। ती ननले आफूमाथि भएको दुर्घटनाको उजुरी त्यस क्षेत्रका उच्च पादरी र उनका गुरुसँग गरेकी थिइन्। यसको कुनै सुनुवाइ नभएको भन्दै उनले आक्रोश व्यक्त गरिन्। 

क्याथोलिक चर्चको गोपनीयता, पादरीहरूको आज्ञापालन गर्नुपर्ने प्रतिज्ञा, आफूमाथि आक्रमण हुने डर र बेइज्जतीका कारण यो घटना त्यतिखेर सार्वजनिक गर्न नसकेको उनले स्पष्ट पारेकी छन्।

उनले अमेरिकी समाचार संस्था एपीलाई भनिन्, ‘म पनि’ अभियानले मेरो मनभित्र रहेको पीडा खोल्ने मौका पाएँ। मैले यति लामो समयसम्म आफूमाथि केही नभएको जस्तो गरेर बाध्य भएँ।’

एपीका अनुसार युरोप, अफ्रिका, दक्षिण अमेरिका र एशियाका चर्चमा ननहरूसँग भएका यौन अपराधका घटना सार्वजनिक हुन थालेका छन्। यसबाट चर्चभित्र यौनशोषण हुने गरेको समस्या संसारभर ठूलो रूपमा रहेको बताइएको छ। यसकै कारण क्याथोलिक चर्चमा महिलाहरूलाई दोस्रो दर्जाका रूपमा हेर्ने र पुरुषको दासका रूपमा हेर्ने गरेको एपीले उल्लेख गरेको छ।

शक्तिको आडमा वयस्क पनि यौन शोषणको शिकार हुन सक्ने गरेका घटना सार्वजनिक भएपछि आफूहरूमाथि यौन शोषण भएका घटनाको खुलासा गरेको ननले बताए। चर्चका अधिकारीहरूको अकर्मण्यताका कारण हुने गरेका यौन अत्याचारका घटनामा आफूहरू बोल्नैपर्ने ननहरूले बताएको एपीले उल्लेख गरेको छ। आफूहरूलाई उच्च पादरीहरूले यौन शोषण गरेको घटना बाहिर ल्याउँदा कसैले नपत्याउने र यसलाई गुपचुप राखिँदै आएकाले हालसम्म मौन रहेको उनीहरूको दाबी छ।

अमेरिकी कार्डिनल थियोडोर म्याकार्रिकले आफ्ना अनुयायीमाथि यौन शोषण गरेको पनि सार्वजनिक भएको थियो। यसै साता आधा दर्जनभन्दा बढी ननहरूले चिलीमा आयोजना गरिएको एक धार्मिक सभामा नेशनल टेलिभिजनमार्फत पादरीहरूद्वारा भएका यौन अत्याचारका घटना सार्वजनिक गरेका थिए। आफूहरूको उजुरी चर्चभित्र सुनुवाइ नहुने गरेको भन्दै उनीहरूले टिभीमार्फत सार्वजनिक गरेका हुन्।

भ्याटिकन सिटीले भने यस विषयमा बोल्न अस्वीकार गरेको छ। यस्ता उजुरी सुन्ने, पीडिताको विचार गर्ने र दोषीलाई कारबाही गर्ने विषयमा उसले आफ्नो धारणा व्यक्त गरेको छैन। भ्याटिकनका एक अधिकारीका अनुसार अदालतमा यस्ता उजरी गरेर दोषीलाई कुनै सजाय नहुने गरेको स्पष्ट पारे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.