प्रियंकाले छाडिन् सलमानको ‘भारत’

प्रियंकाले छाडिन् सलमानको ‘भारत’

मुम्बई : बलिउड अभिनेत्री प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’मा नखेल्ने भएकी छन्। सन् २०१६ मा रिलिज भएको फिल्म गंगाजलपछि प्रियंकाले बलिउडमा काम गर्न बन्द गरेकी थिइन्। केही समयअगाडि सलमान खानको नयाँ फिल्म ‘भारत’बाट प्रियंका कमब्याक हुने कुरा थियो। यसका लागि प्रियंकाले १२ करोड डिमान्ड पनि गरेकी थिइन्। तर, अहिले आएर प्रियंकाले उक्त फिल्म नगर्ने बताएकी छन्।

उनको यो निर्णयले सबैलाई चकित बनाए पनि फिल्म छाड्नुको मुख्य कारण निक जोनससँग हुन लागेको विवाह भएको सञ्चारमाध्यमले जनाएका छन्। फिल्म छोडेको खबर प्रियंकाले २६ जुलाई बिहीबार दिएकी थिइन्। यसलगत्तै भारत फिल्मका निर्देशक अब्बास जफरले शुक्रबार अर्थात् जुलाइ २७ मा ट्विट गरेर प्रियंकाले फिल्म भारत छाडेको बताएका थिए। निर्देशक जफरले प्रियंकाको विवाह हुन लागेको पनि बताएका छन् तर प्रियंकाकी आमाले भने अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएकी छैनन्।

३६ वर्षीया प्रियंकाले आफूभन्दा ११ वर्षले कान्छा निक जोनससँग इन्गेजमेन्ट गरिसकेकी छन्। निक जोनस अमेरिकी गायक हुन्। यी दुवै लामो समयदेखि एकअर्कासँग डेट गरिरहेका थिए। प्रियंकाले आफ्नो जन्मदिनमा १८ जुलाईमा लन्डनमा निकसँग इन्गेजमेन्ट गरेकी हुन्। यसको पुष्टि प्रियंकाकी फुपू कामिनी चोपडाले गरेकी हुन्। कामिनी भन्छिन्, ‘दुवैको निर्णयबाट हामी खुसी छौं। छिट्टै नै दुवैको विवाह मिति पनि तोकिनेछ।’

प्रियंकाले भारत फिल्म छोडेको घोषणा गरेसँगै फिल्मका निर्मातासहित पूरै टिमलाई ठूलो झट्का लागेको छ। अहिले फिल्मका निर्माता अतुल र अलबिरा अग्निहोत्री भारत फिल्ममा मुख्य अभिनेत्रीका रूपमा काम गर्न कैट्रिना कैफसँग कुरा गरिरहेका छन्। फिल्मको मुख्य रोलमा यसअघि करिना कपुर खानसँग पनि कुरा भएको बताइएको छ। तर, करिनाले आफ्नो समय अरू नै फिल्मलाई दिइसकेको बताएकी छन्। सबै कुरा मिलेमा कैट्रिना कैफलाई नै फिल्मको मुख्य अभिनेत्रीका रूपमा राख्ने टिमले निर्णय गरेको छ। फिल्म भारतसँगै प्रियंकाले जायरा वसिमको फिल्म पनि छोड्ने हुन् कि भन्ने हल्ला बलिउडमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.