दुर्गा र गगनको अभिव्यक्तिविरुद्ध बंगलादेशमा विद्यार्थी आन्दोलित

दुर्गा र गगनको अभिव्यक्तिविरुद्ध बंगलादेशमा विद्यार्थी आन्दोलित

काठमाडौं: झापाको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाई र पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापाले दिएको अभिव्यक्तिलाई लिएर बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीले आन्दोलन थालेका छन्

 । 

प्रसाई र थापाको अभिव्यक्तिका कारण आफूहरुको आत्मसम्मानमा चोट पुगेको भन्दै उनीहरुमाथि कारबाही माग गर्दै विद्यार्थीहरुले चरणवद्ध आन्दोल घोषणा गरेका हुन् । बंगलादेशमा नेपाली विद्यार्थीहरुको संगठन नेपाल स्टुडेन्ड युनियनले आइतवार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 

डा. गोविन्द केसीको समर्थनमा निस्किएको जुलुसलाई सम्बोधनका क्रममा नेता थापाले चीन, बङगलादेश र फिलिपिन्समा एमबीबीएस् अध्ययन गर्न जाने नेपाली विद्याथीले सर्टिफिकेट किन्ने गरेको अभिव्यक्त दिएका थिए । उनको त्यस अभिव्यक्ति प्रसाईले नेपाली चेलीहरु डाक्टरको सर्टिफिकेट लिन आफ्नो अस्मिता बेच्न बाध्य भएको भनाइप्रति आपत्ति जनाउँदै आन्दोलन थालिएक हो । 

युनियनले जारी गरेको विज्ञप्तीमा जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिले विद्यार्थी र अभिभावकमा आघात पुर्‍याएको जनाइएको छ। 

युनियनले थापाले सार्वजनिक कार्यक्रममा बोलेको कुराबारे स्पाटिकरण पनि माग गरेको छ। त्यस्तै प्रसाईले दिएको आपत्तिजनक अभिव्यक्तिले नेपाली चेलीलाई बदनाम गरेको जनाउँदै युनियनले उनलाई कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ। 

आन्दोलित विद्यार्थी युनियनले सोमवार ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र पनि बुझाएका छन् । यही साउन १७ गते ढाकामा सांकेतिक विरोध र १८ गते १२ बजेदेखि दूतावासमा धर्ना दिने जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.