पेस्तोल बोकेर नेपाल छिरेका भारतीय युवा पक्राउ

पेस्तोल बोकेर नेपाल छिरेका भारतीय युवा पक्राउ

बर्दिबास: महोत्तरीको सम्सी गाउँपालिका—१ पर्सादेवाडबाट एक भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेका छन् ।

हतियारसहित मोटरसाइकलमा नेपाल प्रवेश गरेका भारत सीतामढी जिल्ला झिटकैया विहारका १८ वर्षीय जितेन्द्रकुमार रायलाई सशस्त्र प्रहरी बल वोर्डर आउट पोष्ट सम्सीले पक्राउ गरेको हो ।

बीआर ०६एक्यू १३४९ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका रायको साथमा एकथान पेस्तोल, त्यसमा लाग्ने म्यागजिन र ३ राउन्ड गोली बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक विदुर ढकालले बताए ।

स्थानीयले दिएको सूचनाको आधारमा समसी–१ स्थित पर्सादेवाड गाँउमा चेकजाँचका क्रममा सशस्त्र प्रहरी निरीक्षक  ढकालको टोलीले रायलाई पक्राउ गरेको हो । पक्राउ परेका रायलाई सस्त्र प्रहरीले बरामद हतियार र मोटरसाइकलसहित नेपाल प्रहरीको जिम्मा लगाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.