अष्ट्रेलियन एजुकेसन लक्षित शैक्षिक मेला

अष्ट्रेलियन एजुकेसन लक्षित शैक्षिक मेला

काठमाडाै‌ : उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्र्श सेवा प्रदान गर्दै आइरहेको ‘द नेक्स्ट एजुकेसन कन्सलटेन्सी’ को आयोजनामा ‘द नेक्स्ट अस्टेलियन एजुकेसन फेयर-२०१८’ हुने भएको छ।

काठमाडौं दरबारमार्गस्थित होटल अन्नपूर्णमा साउन १७ गते हुने फेयरमा अष्ट्रेलियाका २५ भन्दा बढी युनिभर्सिटी तथा कलेजको सहभागिता रहनेछ। द नेक्स्टका कार्यकारी निर्देशक शालिकराम भण्डारीका अनुसार, फेयरमा सहभागी कलेज तथा युनिभर्सिटीका प्रतिनिधि पनि उपस्थित हुनेछन्। विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग विद्यार्थी तथा अभिभावकले आफ्ना जिज्ञासालाई लिएर संवाद गर्न सक्ने भएकाले फेयर उपयोगी हुने निर्देशक भण्डारी बताउँछन्।

फेयरमा नेपाली विद्यार्थीको प्रमुख गन्तव्य बनिरहेका अष्ट्रेलियाका वलङघन युनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, ब्लू माउन्टेन होटल स्कुल, मेलबर्न इन्टिच्यूट अफ टेक्नोलोजी, चाल्र्स स्टर्ट युनिभर्सिटी, युनिभर्सिटी अफ ताजमानिया, साउथेन क्रस युनिभर्सिटी लगायतका उत्कृष्ट कलेज तथा युनिभर्सिटीको उपस्थिति रहने बताउँदै भण्डारी भन्छन्, ‘द नेक्स्ट अस्टेलियन एजुकेसन फेयर—२०१८’ ले विद्यार्थीलाई फस्ट ह्याण्ड इन्फरमेसन र परामर्र्श प्रदान गर्नेछ।’

 
फेयरमा उपस्थित हुने विद्यार्थीका लागि प्रिभिलेज कार्डको व्यवस्था गरिएको र उक्त कार्डमार्फत् विद्यार्थीले द नेक्स्टले प्रदान गर्ने आईएलटिएस अध्ययन तथा प्रोसेसिङ लगायतका सेवा सुविधामा भारी छुट प्राप्त गर्नेछन्।

उपस्थित विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएका कारण हरेक विद्यार्थीले आवश्यक सूचना र परामर्श सँगसँगै विविध सेवा र सुविधा प्राप्त गर्ने सुनिश्चितता गरिएको नेक्स्टको भनाई छ।

सन् २००५ मा काठमाडौं डिल्लीबजारमा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सीले विगतमा पनि ‘द नेक्स्ट अस्टेलियन एजुकेसन फेयर गर्दै आएको छ। अस्टे«लिया जाने नेपाली विद्यार्थीको विश्वासिलो गन्तव्य बनिरहेको द नेक्स्टबाट हजारौं विद्यार्थी अष्ट्रेलिया गइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.