अग्लुङवासीलाई गाउँपालिका पुग्न सकस

अग्लुङवासीलाई गाउँपालिका पुग्न सकस

 गुल्मी : सडक अप्ठ्यारो भएपछि जिल्लाको दुर्गम गाउँ अग्लुङका सर्वसाधरणलाई गाउँपालिका कार्यालय पुग्न सकस हुने गरेको छ।मदाने गाउँपालिका–१ मा पर्ने उक्त गाउँ विकास निर्माणका कारण सधैं पछि पर्ने गरेको स्थानीयको गुनासो छ।पुर्कोटदह–बाझकेटरी हुँदै अग्लुङफेदी पुग्ने सडक सधैंको बर्खामा ठप्प हुने गर्छ।

सरकारी कामले गाउँपालिका कार्यालय पुर्कोटदह र सदरमुकाम तम्घास पुग्न स्थानीयलाई धौधौ पर्ने गर्छ।‘गाउँपालिका जान धेरै गाह्रो छ’, स्थानीय रगुफेदी निमा प्रतिमान माविका प्रधानाध्यापक राजुचन्द्र बोहोराले भने, ‘विकास निर्माणमा सधैं पछि छौं ।’ वर्षौंअघिदेखि सडकको ट्र्याक खुले पनि स्तरोन्नति नहुँदा धेरै समस्या परिरहेको उनको गुनासो छ।स्थानीयलाई जिल्ला सदरमुकाम तम्घास पुगेर कामकाज गरी घर फर्कन दुई दिन लाग्ने गरेको छ।नियमित जिप सञ्चालन हुन नसक्दा बर्खाको बेला धेरै समय स्थानीय पैदल हिँडेर पुर्कोटदह पुग्ने गरेका छन् ।

अग्लुङबाट गाउँपालिका केन्द्र पुर्कोटदह पुग्न २४ किलोमिटर हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयले सुनाए।अग्लुङका अधिकांश नागरिकको बजार गर्ने थलो प्युठानको बिजुवार, बाग्दुला क्षेत्र भए पनि सरकारी कामकाजका लागि गाउँपालिका केन्द्र र सदरमुकाम पुग्नुपर्ने बाध्यता छ।तम्घासभन्दा प्युठान पुग्ने सडक धेरै सहज भएको अग्लुङका स्थानीय ७७ वर्षीय वीरबहादुर चन्द्र बोहोराले बताए।उनले अग्लुङफेदीमा ०५४ सालमा प्युठानबाट ट्र्याक्टर ल्याइएको र धेरैपटक सडक स्तरोन्नति गर्न आवाज उठाएको र ०६३ सालमा गाउँमा तम्घासबाट जिप आएको स्मरण गरे ।

स्थानीयले पटकपटक गाउँमा बस सञ्चालन गर्नेगरी सडक स्तरोन्नतिको माग गरिरहेका छन्।बर्खाको समयमा हिँडेर झण्डै तीन घण्टापछि सर्वसाधारण पुर्कोटदह पुग्ने गर्छन्।जंगलको बाटो भएर त्रासपूर्ण अवस्थामा घर फर्कंनुपर्ने स्थानीयको गुनासो छ।अग्लुङबाट सदरमुकाम तम्घास पुग्न स्थानीयले सडक समस्याका कारण निकै चर्को भाडा बुझाउने गरेको उनले सुनाए।गाउँका अधिकांश सर्वसाधारणले बुटवल, काठमाडौं पुग्न प्युठानको बाटो रोज्ने गरेको पनि उनले बताए।सडक स्तरोन्नतिका लागि गाउँपालिकाले विशेष योजना बनाएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए।

‘यस वर्ष प्रदेश सरकारबाट सिमलटारी–पुर्कोटदह–बाझकटेरी–अग्लुङफेदी सडकका लागि ५० लाख रुपैयाँ बजेट परेको छ’, उनले भने, ‘नियमित गाडी चल्नेगरी बाटो बनाउनतर्फ जोड गर्छौं ।’ गाउँपालिकाले दुर्गम क्षेत्रका नागरिकहरूको जीवनस्तर उकास्ने गरी ठोस योजना बनाएर काम गरिरहेको अध्यक्ष दानबहादुर केसीले जानकारी गराए।अग्लुङ, मलायगिरी, सिर्सेनीलगायत गाउँ गाउँपालिकाबाट विकट क्षेत्रमा रहेको उनले बताए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.