इतिहासमै पहिलो पटक प्रधान्यायाधीशमा अयोग्य जोशी, यी हुन् कारण

इतिहासमै पहिलो पटक प्रधान्यायाधीशमा अयोग्य जोशी, यी हुन् कारण

काठमाडौँ : संवैधानिक परिषद्बाट सिफारिस भएका प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । शैक्षिक योग्यता र विगतका फैसला विवादित भएपछि उनको नाम समितिको दुईतिहाइ बहुमतबाट नेपालको संसदीय इतिहासमै पहिलो पटक अस्वीकृत भएको हो । 

१५ सदस्यीय सुनुवाइ समितिमा १० जना अर्थात् दुईतिहाइले जोशीलाई प्रधानन्यायाधीश बनाउन नहुने पक्षमा मतदान गरे । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका ९ र संघीय समाजवादी फोरमका १ सहित १० जना सांसदले जोशीको नाम प्रधानन्यायाधीशमा अस्वीकृत गरे ।  संसदीय सुनुवाइबाट प्रधानन्यायाधीश सिफारिस अस्वीकृत भएको इतिहासमै पहिलो पटक हो । 

यी हुन् तीन प्रमुख कारण

सत्तारुढ दलका सांसदहरुले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्नुका प्रमुख तीन कारण उल्लेख गरेका छन् । पहिलो कारणका रुपमा जोशीसँग न्यायापालिकालाई अगाडि बढाउने स्पष्ट कार्ययोजना नभएको बताइएको छ । 

त्यसैगरी दोस्रो कारणकारुपमा उनले संसदीय सुनुवाइ समितिलाई बेवास्ता गरी सांसदहरुले सोधेको प्रश्नको पनि राम्रोसँग उत्तर दिन नसक्नु हो । सांसदहरुले सोधेको प्रश्नको उत्तर सन्तोषजनकरुपमा नदिएपछि उनी प्रधानन्यायाधीशमा अस्वीकृत भएका हुन् । 

त्यसैगरी तेस्रो प्रमुख कारणमा उनको एसएलसीको प्रमाणपत्रमा प्रश्नचिन्ह खडा हुनु हो । उनले दुईपटक एसएलसी पास गरेको देखिएको समितिले ठहर गरेको छ। सर्वोच्च अदालत प्रवेश अघि नै जोशी विवादित भइसकेका थिए । 

न्यायाधीश हुँदै प्रश्न

सर्वोच्चको न्यायाधीश सिफारिसकै क्रममा तत्कालिन न्यायपरिषद् सदस्य रामकुमार प्रसाद शाहले ९ वैशाख २०७१ मा बसेको न्यायपरिषद् बैठकमा अयोग्य भएको भन्दै लिखित असहमति राखेका थिए । 

सर्वोच्च अदालतमा आठजना न्यायाधीशको नाम सिफारिस गर्दा साहले जोशीको कार्यक्षमतामा प्रश्न उठाउँदै उनको नाममा नोट अफ डिसेन्ट लेखेका थिए ।

न्यायपरिषद् सदस्यहरुको असहमतिकै बीच बहुमतका आधारमा सिफारिसमा परेका जोशीविरुद्ध तत्कालीन एमाले, एकीकृत नेकपा माओवादीसहितका पाँच दलले विपक्षमा मतदान गरेका थिए ।

के भने समितिका सदस्यले ?

सुनुवाइ समितिका जेष्ठ सदस्य तथा सभापति लक्ष्मणलाल कर्णले दुईतिहाइ सांसदले जोशीलाई प्रधानन्यायाधीशको लागि अनुमोदन नगरेकोले उनको नाम अस्वीकृत भएको बताए । दुईतिहाइले जोशीको नाम अस्वीकृत भएपछि बैठकको सभापति भएका कारण राजपा सांसद कर्ण पक्ष-विपक्षमा लाग्नु परेन ।  

शैक्षिक प्रमाणपत्र र विगतमा गरेका फैसला विवादमा पर्नु तेस्रो र प्रमुख कारण बन्यो । समितिका सदस्य तथा एमालेका सांसद योगेश भट्टराईले विवादास्पद छविका व्यक्तिबाट न्यायापालिका स्वच्छ, स्वतन्त्र र प्रभावकारी बनाउन सक्ने कारण नदेखिएपछि अनुमोदन नगरिएको बताए ।

नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले संवैधानिक परिषदबाट अनुमोदन भएको व्यक्तिलाई कुनै कारण र आधार विना अस्वीकृत गरेपछि आफूहरुले बैठक बहिस्कार गरेको बताए ।

उता समितिमा रहेका कांग्रेसका चार सांसद्‍ले संवैधानिक परिषद्ले कानुनमा उल्लेख भए अनुसार योग्यता परीक्षण गरिसकेकाले उनको नाम अस्वीकृत गर्न नहुने भन्दै बैठक बहिस्कार गरेका छन् । 

कांग्रेस सांसदहरु ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भुसाल (गौतम), जितेन्द्रनारायण देव र भिमसेन दास प्रधानले संवैधानिक परिषद्बाट सिफारिस गरेको व्यक्तिलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारको अभावमा नियुक्ति अस्वीकृत गर्ने रायसँग गम्भीर असहमति जनाउँदै बैठक बहिस्कार गरेका थिए । 

खगेन्द्र भण्डारीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.