२५ हजार घुससहित मालपोतका सुब्बा पक्राउ
तेह्रथुम : मालपोत कार्यालय आठराईका निमित्त प्रमुख शंकरप्रसाद दाहाल घुससहित पक्राउ परेका छन्। सेवाग्राही बाट २५ हजार घुस लिदै गरेको अवस्थामा नायब सुब्बा दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो।
जग्गाको काम मिलाइदिने भन्दै सेवाग्राही सँग घुस लिदालिदै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीबाट आएको टोलीले प्रकाउ गरेको हो।
अख्तियार कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डे नेतृत्वको टोलीले उनकै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो।
निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेका अनुसार घुस रकमसहित पक्राउ परेका दाहाललाई कानुन बमोजिम कार्बाही हुने छ।