तत्काल राप्रपा प्रजातान्त्रिकसँग वार्ता नगर्न कमल थापाको निर्देशन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकसँगको वार्ता तत्काल स्थगत गर्न निर्देशन दिएका छन्।
समान विचार मिल्ने शक्तिबीच एकताको सम्भावना बारे छलफल गर्न गठित वार्ता समितिलाई अध्यक्ष थापाले शुक्रबार यस्तो निर्देशन दिएका हुन्।
थापाले हिन्दु राष्ट्र र राजसंस्थाबारे प्रष्ट र आधिकारिक धारणा एवम् प्रतिवद्धता नआएसम्म प्रजातान्त्रिकसँगको वार्ता स्थगन गर्न निर्देशन दिएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
‘राप्रपा अध्यक्ष कमल थापाले आज देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने क्रममा समान विचारधारा भएका शक्तिबीच एकताको सम्भावना बारे छलफल अघि बढाउन गठित वार्ता समितिलाई हिन्दु राष्ट्र र राजसंस्था बारे प्रष्ट र आधिकारिक धारणा एवं प्रतिवद्धता नआएसम्म राप्रपा प्रजातान्त्रिकसंग वार्ता स्थगन गर्न निर्देशन दिनुभएको छ’, श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।