नदीमा बगेर एक महिलाको मृत्यु
बैतडी : बैतडीको शिवनाथ गाउँपालिका २ बारसीमा सुर्नया नदी तर्ने क्रममा बगेर १ महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवनाथ ४ बगारकी ३५ बर्षीय शकुन्तला महता रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
घाँस काट्न गईरहेका बेला महताको नदीमा बगेर मृत्यु भएको हो। घरफागलामा घाँस काट्न जानका लागि शिवनाथ ४ का महिलाले नदी तरेर जानुपर्ने बाध्यता रही आएको छ।
महताको शव बगेको ठाउँबाट करिब ७ सय मिटर तल नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं कान्तिराज जोशीले बताए। घटना बिहानतिर भएपनि प्रहरीले दिउँसो १२ बजे थाहा पाएको उनले बताए।