निःशुल्क रगत उपलब्ध गराउने सम्झौता

निःशुल्क रगत उपलब्ध गराउने सम्झौता

गुल्मी : मदाने गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीबीच निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ। बिहीबार मदानेवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धमा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा अन्तर्गतको रक्तसञ्चार सेवा केन्द्र बुटवल/भैरहवा बीच सम्झौता भएको हो। गाउँपालिकाका बासिन्दाको रगत अभावका कारण स्वास्थ्यमा हुने जोखिम न्यूनीकरणका लागि पालिकाले रेडक्रससँग सम्झौता गरेको गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले बताए। 

उनले पछिल्लो समयमा देशमा रगतको अभावका कारण धेरै मानिसले ज्यान गुमाइरहेको बताउँदै त्यसबाट पालिकावासी नागरिकलाई बचाउनका लागि गाउँपालिकाले यो नमुना कार्यको सुरुवात गरेको दाबी गरे। गाउँपालिकाको कार्यालय पुर्कोटदहमा भएको सम्झौता कार्यक्रममा गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष महेन्द्र बहादुर कुँवर र नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाका संयोजक मित्रलाल न्यौपानेले  सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। यो सम्झौताको अवधि २०८३ असार मसान्तसम्म रहने छ। प्रत्येक बिरामीलाई प्रति युनिट रगत उपलब्ध गराए बापत रक्तसञ्चार सेवा केन्द्रलाई गाउँपालिकाले ९५० रुपैयाँ रकम भुक्तानी गर्ने छ।

गाउँपालिका उपाध्यक्ष सरिता खड्काले गाउँपालिकाले पालिकावासी नागरिकलाई रगतको अभावको कारण अकालमा ज्यान गुमाउन नपरोस् भनी रेडक्रस रूपन्देही शाखासँग सम्झौता गरिएको बताइन्। उनले यस अभियानबाट समग्र मदानेवासी नागरिकहरू लाभान्वित हुने बताउँदै आगामी दिनमा कसैले रगत अभावका कारण ज्यान गुमाउन नपर्ने बताइन्। नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा अन्तर्गतको रक्तसञ्चार सेवा केन्द्र बुटवलले रुपन्देही आसपासका ३० वटा स्थानीय तहसँग सम्झौता गरी सेवा प्रवाह गर्दै आएको छ। उनले हाल रुपन्देही शाखामा विभिन्न संघ संस्थासँगको सम्झौता र सहकार्यको माध्यमबाट रगतको संकलन गरिएको रक्तसञ्चार सेवा केन्द्रले जनाएको छ। 

गाउँपालिकाले रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा हरेक वर्षमा पालो मिलाएर दुईवटा वडामा रक्त संकलन शिविर सञ्चालन गरिने मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए। मदाने गाउँपालिका भित्र बसोबास गर्दै आएका वा बुटवल र भैरहवा बस्दै आएका नागरिकले पनि आवश्यक परेका बिरामीले सेवा लिन सक्ने प्रशासकीय अधिकृत पन्थीले बताए। 

उपचारको क्रममा निःशुल्क रगतको सेवा लिनुपर्ने भएमा मदाने गाउँपालिकाको बासिन्दा भएको प्रमाणित हुने कुनै कागजात (नागरिकता, मतदाता परिचयपत्र,परिचय पत्र,चालक अनुमति पत्र) वा मदानेवासी नागरिकको पहिचान खुल्ने कागजात उपलब्ध गराएमा शाखाबाट निःशुल्क रूपमा रगत लिन सक्ने रक्तसञ्चार सेवा केन्द्र रुपन्देहीका संयोजक मित्रलाल न्यौपानेले बताए। संयोजक न्यौपानेका अनुसार उक्त सेवा केन्द्रले विगत २ वर्षदेखि सम्झौता गरिएका ठाउँका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ। उनले गुल्मीका रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकासँग पहिले नै सम्झौता गरेर सेवा प्रवाह गरिरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.