सर्पले डस्दा एक जनाको मृत्यु, १० घाइते
काठमाडौं : गएको २४ घण्टामा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सङ्खुवासभा, बारा, नवलपरासीपूर्व, कविपलवस्तु, कैलाली, कञ्चनपुरमा सर्पदंशका घटना भएको र ती घटनामा परेर १० जना घाइते भएका हुन्।
२४ घण्टामा २५ वटा विपद्का घटना भएको प्राधिकरणले जनाएको छ। पहिरोले बझाङमा एक, जनावरको आक्रमणबाट दोलखामा एक, आगलागीबाट कास्कीमा एक जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस !