बारीमै कुहियो १४ करोडको गोलभेंडा

बारीमै कुहियो १४ करोडको गोलभेंडा

 फिदिम : उत्पादनको मुख्य सिजनमा गोलभेंडाको कारोबार ठप्प भएपछि करौडौँ मूल्य बराबरको गोलभेंडा बारिमै कुहिएको छ। भारतले गोलभेंडा निकासीमा रोक लगाएको भन्दै व्यापारीले गोलभेंडा खरिद नगरेपछि १३ करोड ८० लाख मूल्य बराबरको गोलभेंडा बारीमै कुहिएको हो।

पाँचथरको याङवरक र हिलिहाङ गाँउपालिकामा उत्पादित गोलभेंडाले बजार नपाउँदा व्यवसायिक रुपमा गोलभेंडा खेती गर्ने किसानको पसिना खेर गएको छ। कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलका अनुसार यो वर्ष गोलभेंडा उत्पादन भएको मुख्य सिजनमै यसको व्यापारमा समस्या देखिएको हो। ‘भारतलाई दोष दिएर गोलभेंडाको व्यापार ठप्प पारिएको छ,’ पोख्रेलले भने ‘व्यापार ठप्प भएपछि फलेको गोलभेंडा बारीमै कुहिने स्थिति बनेको हो।’

जेठ महिनादेखि कात्तिक महिनासम्म यहाँका किसानहरुले उल्लेख्य मात्रामा गोलभेंडा उत्पादन गर्छन्। अघिल्लो वर्षको यो सिजनको पाँच महिनामा दैनिक चार सय क्वीन्टल दरले गोलभेंडा निकासी भएको जिल्ला कृषिको तथ्यांकमा उल्लेख छ। गत वर्ष प्रतिकिलो न्युनतम १० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्ममा गोलभेंडाको कारोबार भएको थियो। प्रतिकिलो सरदर २५ रुपैयाँ मान्दा पनि गत वर्ष यो सिजनसम्ममा १५ करोडको गालेभेंडा निकासी भइसकेको थियो। तर, यो वर्ष अहिलेसम्म एक करोड २० लाख मूल्य बराबरको मात्र गोलभेंडाको कारोबार भएको बताइएको छ। ‘अघिल्ला वर्षहरु भन्दा यो साल खेतीलाई पनि व्यापक रुपमा विस्तार गरिएको छ,’ पोख्रेलले भने ‘तर, अघिल्लो बर्षको तुलना गर्र्दा झण्डै १४ करोडको गोलभेंडा विक्रि नलागेपछि कुहिएको हो।’

झापाको काकरभित्ता नाकाबाट गोलभेंडा भारत निकासी गर्न नपाएपछि व्यापारीले गोलभेंडा खरिद गर्न नसकेका हुन्। आन्तरिक बजारमा गोलभेंडा खपन नहुन भन्दै व्यापारीले किसानको बारिबाट गोलभेंडा उठाउन हिचकिचाएका हुन्। बजार अभाका कारण गोलभेंडा बिक्री नलाग्ने भन्दै व्यापारीले प्रतिकिलो तीन रुपैयाँका दरले गोलभेंडा खरिद गरेका छन्। तीन रुपैयाँमा गोलभेंडा बिक्री गर्दा गोलभेंडा टिप्न निमेक (पारि श्रमिक) समेत नउठ्ने भएपछि किसानले गोलभेंडा बोटमै कुहिन दिए। ‘एक किलो गोलभेंडा उत्पादन गर्न नौ रुपैयाँ खर्च भएको हुन्छ,’ नागिका किसान प्रेम काफ्लेले भने,‘खेतीमा गरेको लगानी नै उठ्दैन भने किन गोलभेंडा टिप्ने कष्ट गर्नु ? ’ पाँचथरमा ११ वर्ष अघिदेखि व्यवसायिक रुपमा गोलभेंडाको खेती सुरु गरिएको हो।

आठ रोपनी जमिनबाट सुरु गरिएको गोलभेंडा खेती क्रमशः वृद्धि गर्दै ३९, ८० रोपनी गर्दै अहिले हिलिहाङ र याङवरक गाँउपालिकाको अधिकांश वडामा खेती गरिएको छ। जिल्लाका करिब १३ सय किसानले व्यवसायिक रुपमा यसको खेती गरेका छन्। उल्लेख्य मात्रामा उत्पादन गरिएको गोलभेंडा बिक्री नभएपछि गोलभेंडा किसानलाई दैनिकि चलाउन समेत समस्या हुने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.