नेकपाभित्र समयमा कडाइ

नेकपाभित्र समयमा कडाइ

काठमाडौं : सत्तारुढ नेकपामा पार्टी बैठक निर्धारित समयमा सञ्चालनका लागि औपचारिक निर्णय नै गर्नुपरेको छ ।

पार्टीमा दुई अध्यक्ष हुँदा बोलाइएका बैठकसमेत निर्धारित समयभन्दा निकै ढिलो सञ्चालन हुन थालेपछि सचिवालय बैठकमा ‘समय पालना’सम्बन्धी एजेन्डा नै बनाएर औपचारिक निर्णय भएको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘समयको पालना गर्न त्यससम्बन्धी एजेन्डा बनाएर पार्टी बैठकमा औपचारिक निर्णय नै गरिएको छ’, उनले भने । उनका अनुसार अब अध्यक्षद्वय (केपी ओली–पुष्पकमल दाहाल) व्यस्त भए नेकपाका पार्टी बैठक बस्नुअघि नै सदस्यहरूलाई अनिवार्य जानकारी दिनुपर्ने, नभए बैठकको निर्धारित समयभन्दा बढीमा १५ मिनेटभित्र बैठक सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ ।

‘साउन पहिलो साता बसेको सचिवालयले यससम्बन्धी निर्णय गरेको हो’, श्रेष्ठले भने । पार्टीले बोलाएका बैठकहरू निर्धारित समयभन्दा २÷३ घण्टासम्म पनि ढिलो हुन थालेपछि समय पालनामा नेताहरूलाई बाध्यकारी बनाउन यस्तो निर्णय लिइएको उनको भनाइ छ । पार्टी एकतापछि नेकपामा दुई अध्यक्ष छन् । दुवै अध्यक्षले राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालय बैठकको संयुक्त वा आपसी सल्लाहमा दुईमध्ये एकले बैठक सञ्चालन गर्नसक्ने अधिकार पार्टी विधानमा उल्लेख छ ।

एक अध्यक्षले बैठक सञ्चालन गर्ने र अर्काेले समापन गर्न पाउने अधिकारसमेत तय भएकाले कुनै अध्यक्षको अनुपस्थितिमा बैठक घण्टौं रोकिरहनु नपर्ने तर्कसहित नेकपाले यस्तो निर्णय गरेको हो ।

पार्टीभित्र उठ्यो ६ एजेन्डामा बहस

एकता भएको तीन महिना नपुग्दै नेकपाभित्र पार्टीको तत्कालीन रणनीतिक लक्ष्यका विषयमा नेताहरूले बहस सुरू गरेका छन् । पार्टीलाई वैचारिक राजनीतिमा प्रष्ट बनाउँदै नयाँ ढंगमा सञ्चालन गर्नुपर्ने, पार्टीभित्रका पूर्ववत् गुट÷समूह अन्त्य गरी संस्थागत र सामूहिकतामा चलाउनु पर्ने, नेता कार्यकर्ताको उचित जिम्मेवारी र कार्यविभाजन हुनुपर्ने माग नेकपाभित्र उठेको छ ।


निर्धारित समयभन्दा ढिलोमा पनि १५ मिनेटभित्र बैठक सुरु गर्नुपर्ने

पार्टीलाई सबैखाले भ्रष्टीकरणबाट मुक्त गर्दै आन्तरिक शुद्धीकरण अभियान चलाउनु पर्ने, जनतासँग सम्बन्ध विकास गर्नुपर्ने र सरकारको बचाउमा नेता कार्यकर्ता सबै एकजुट हुनुपर्नेमा पनि नेकपाभित्र बहस सुरु भएको छ । ‘पार्टी तदर्थवादमा चल्दैन, ५३ प्रतिशत प्रत्यक्ष मतदाता रहेको र अहिले विश्वमा बहुदलीय प्रतिस्पर्धाबाट सरकार चलाउने सबैभन्दा ठूलो पार्टी हाम्रो पार्टी हो’, नेता श्रेष्ठले भने, ‘व्यक्ति चलाउने, गुट चलाउने जस्ता काम अब पार्टी नेताहरूले गर्नु हँुदैन ।’

नेकपाको प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनको एकता प्रक्रिया सुरु हुन लागेका समयमा नेता कार्यकर्ता सबैलाई उचित जिम्मेवारी र कार्यविभाजन गर्नुपर्ने माग पनि पार्टीभित्र उठेको छ । ‘उचित जिम्मेवारी र कार्यविभाजन नगर्दा निराशा, निस्क्रियता बढ्छ, सक्रियता बढ्दैन’, उनले भने, ‘पार्टीभित्र देखा परेको वैचारिक स्खलन, चारीत्रिक अराजकतालाई शुद्धीकरण गरेर जान सक्नुपर्छ । जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्छ ।’

  • नेकपामा उठेका ६ एजेन्डा
  • विचार/राजनीतिमा स्पष्टता
  • संस्थागत सञ्चालन, सामूहिकता
  • उचित जिम्मेवारी र कार्यविभाजन
  • पार्टी शुद्धीकरण अभियान
  •  जनतासँग सम्बन्ध विकास
  •  सरकारको बचाउ

पार्टी अध्यक्ष ओलीको नेतृत्वमा रहेको सरकार सफल बनाउन नेता कार्यकर्ता एकढिक्का पार्न पार्टीले योजना बनाउन पनि नेताहरूले माग गरेका छन् । ‘सरकारलाई असफल हुने छुट छैन, सरकारका राम्रा काम जनतासम्म पु¥याउने र कमजोर पक्ष सुधार गरी अघि बढ्ने योजना पार्टीले बनाउनु पर्छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.