तालमा डुबेर मृत्यु
धनकुटा : चौविसे गाउँपालिका-२ का एक स्थानीय युवकको पोखरीमा डुबेर मृत्यु भएको छ। माछा मार्न गएका धर्वेन्द्र केपछाकी मगरको लाष्टे भन्ने ठाउँमा रहेको सुठुम तालमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए।
चिस्याङ खोलाको पानीलाई बाधँ बाँधेर सुठुम ताल बनाइएको थियो। घटना लगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीयसहित टोली घटनास्थल पुगेको थियो।
टोलीले बाँध खोलेर शव निकालेको थियो। मोस्टमार्टमका लागि शव आइतबार जिल्ला अस्पताल धनकुटा ल्याइएको छ।