मोटरसाइकल र स्कुटर ठोकिदाँ एकको मृत्यु
दमौली : म्यग्दे ६ रिठ्ठेपानीमा बुधबार साँझ मोटरसाइकल र स्कुटर ठोकिदाँ स्कुटर चालकको ज्यान गएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा ५ प ५५६४ नम्बरको मोटरसाइकल र थर्पुतर्फ आउँदै गरेको ग १३ प २९३४ नम्बरको स्कुटर ठक्कर खाँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते शुक्लागण्डकी नगरपालिका ७ स्याउली निवासी ५० वर्षका गंगाबहादुर रानाको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा बुधबार राती मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !