पिताको सम्झनामा ब्याडमिन्टन प्रतियोगिता

पिताको सम्झनामा ब्याडमिन्टन प्रतियोगिता

गुल्मी : आफ्ना परिवारका सदस्य दिवगंत भएमा धेरैले विद्यालयमा अक्षयकोष स्थापना वा अन्य धार्मिक काम गर्ने प्रचलन छ । 

तर नेपाली सेनाका एक मेजरले आफ्ना पिताको सम्झनामा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोतिाको आयोजना गर्ने भएका छन् । वीरभद्रजंग गुल्म गुल्मीका प्रमुख मेजर जनमत कार्कीले दिवगंत पिताको सम्झनामा खेल आयोजना गर्न लागेका हुन् । आइतवार पत्रकार सम्मेलन गरेर ब्याडमिन्टन प्रतियोगिताबारे उनले जानकारी दिए । 

‘बुवा दिवगंत भएको तीन वर्ष भयो’,उनले भने,‘उहाँको सम्झनामा खेल आयोजना गर्न लागेको छु ।’ कार्कीले जिल्लास्तरमा अन्य धेरै कार्यक्रम हुने भए पनि खेलकुदमा कसैले चासो नदिएकाले पिताको सम्झनामा ब्याडमिन्टन प्रतियोगिता राखिएको उनले बताए । 

मेजर कार्कीले खेलक्षेत्रको विकास र खेलाडीको मनोबल र उत्पादनमा खेलकुदका कार्यक्रमले फाइदा पुग्ने समेत बताए । वीरभद्र जंग गुल्मको प्रमुख भएर जिल्लामा आएपछि उनले निशुल्क स्वास्थ्य शिविर र विभिन्न खेलकुद गर्दै आएको समाजसेवी शेरबहादुर थापाले बताए । 

मेजर कार्की नेपाली सेनाबाटै राष्ट्रिय र अन्तराष्ट्रिय खेलको अनुभवी भएकाले जिल्लावासी युवालाई पनि खेलकुदमा सक्रिय बनाएको समेत जानकारी दिए ।

डम्बर स्मृति जिल्लास्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता साउन २४ गतेबाट शुरु हुने आयोजक मेजर जनमत कार्कीले जानकारी दिए । तीन दिनसम्म जिल्ला खेलकुद विकास गुल्मीको कबर्ड हलमा सञ्चालन हुने ब्याडमिन्टन खेल चार विधामा खेलाइनेछ । कार्कीका अनुसार ब्याडमिन्टनका लागि झण्डै दुईलाख खर्च गर्न लागिएको समेत बताए ।

फोटो ः व्याडमिन्टन प्रतियोगिताको जानकारी दिंदै नेपाली सेनाका मेजर जनमत कार्की  । तस्विर ः गंगा खड्का÷अन्नपूर्ण       


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.