लायन्सद्वारा पूर्वगर्भनरलाई सम्मान

लायन्सद्वारा पूर्वगर्भनरलाई सम्मान

काठमाडौं : लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए १ एमडी ३२५ ले आफ्ना पूर्व डिस्ट्रिक्क गर्भनरलाई सम्मान गरेको छ।

लायन्सका अन्तर्राष्ट्रिय निर्देशक मोहम्मद इद्रिशको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १५ पूर्व गर्भनरलाई उनीहरूले पुर्‍याएको योगदानको कदर स्वरुप सम्मान गरिएको हो।

लायन्सले पूर्वगर्भनर पीसी अग्रवाल, ठाकुरहिरा सिंह, एमडी अग्रवाल, वाईएम प्रधान, राम भण्डारी क्षेत्री, रुवयनाथ कोइराला, विश्वराम गोर्खाली, खगेन्द्र सिटौला, दीनेश पौडेल, उत्तमराज कायस्थ, भीमप्रसाद घिमिरे, फुलकुमार लालवानी, सुनीलभक्त श्रेष्ठ, कुमारराज सुवेदी, लीलाकुमार ढुंगेललाई मायाको चिनो, पुष्प गुच्छा तथा ढाका टोपीले सम्मान गरेको हो। 

२५ वर्षअघि विराटनगरबाट सुरु भएको नेपालको लायन्स यात्राले अहिले समाज सेवामा उल्लेखनीय योगदान पुर्‍याइरहको छ। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए १ मा हाल ५४ सय सदस्य छन्।

डिस्ट्रिक्ट ३२५ ए १ ले ‘हृदयदेखि नै सेवा’ भन्ने नाराका साथ आफ्ना सामाजिक सेवाका कार्यहरू गर्दै आएको। पछिल्लो समय लायन्स ३२५ ए १ ले गरिबलाई खाना, आँखा उपचार, पर्यवरण संरक्षणमा सुधार, मधुमेय रोगको जनचेतानालगायतका गतिविधिमा आफूलाई क्रियाशील गराउँदै आएको छ।

पूर्वगर्भनरहरूलाई सम्मान गर्ने कार्यक्रममा लायन्सका अन्तर्राष्ट्रिय डाइरेक्टर मोहम्मद इद्रिशले नेपाली लायन्सको गतिविधिलाई उच्च सम्मान व्यक्त गर्दै आफूलाई यो पदमा पुर्‍याउन पनि नेपाली लायन्सकै योगदान रहेको स्मरण गरे। उनले नेपाली लायन्समा भइरहेको सदस्यको उच्च बढोत्तरीको प्रशांसा गर्दै पाकिस्तानी लायन्सलाई सिकाउन अनुरोध गरेका थिए।

कार्यक्रममा लायन्सका पूर्वडाइरेक्टर सञ्जय खेतानले पाकिस्तानी नागरिक लायन्स निर्देशक इद्रिसको परिवारिक ट्रस्टले ५ सय शैयको सुविधासम्पन्न अस्पताल सञ्चालन गर्नुका साथै विद्यालय शिक्षामा पनि ठूलो लगानी गरेको स्मरण गरेका थिए।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए १ का गर्भनर अनन्तप्रसाद भेटवालले पूर्वगर्भनरको अनुभवलाई वर्तमान पुस्ताले सँगै लिएर जानुपर्छ भन्ने उद्देश्यले अग्रजलाई सम्मान गर्ने प्रचलन सुरु गरेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.