कमलामा ठुलो बाढी, तावा दोभानसम्म सतर्क रहनुपर्ने

कमलामा ठुलो बाढी, तावा दोभानसम्म सतर्क रहनुपर्ने

काठमाडौँ: सिन्धुलीको रानीवास क्षेत्रमा आइतवार अपरान्ह एक्सासी भीषण पानी परेको छ । आइतवार अपरान्ह ३ घण्टामा ८३ मिलिमिटर पानी परेपछि जलविज्ञान तथा मौसम विज्ञान विभागले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। 

विभागले कमला नदीमा ठुलो बाढी आइरहेको चेतावनी जारी गर्दै कमल र तावा खोला दोभानसम्मको क्षेत्रमा रातिसम्म सतर्क रहन आग्रह गरेको हो । 

केही दिनयता भइरहेको निरन्तरको बर्षातले देशका चुरे, भित्री मधेस र पहाडी क्षेत्रका नदीमा बाढी आइरहेको छ। साना खहरेदेखि ठुला नदीमा पनि बाढी आइरहेका कारण विभागले केही दिनयता सर्तक रहन आग्रह गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.