कोहलीको छलाङ

कोहलीको छलाङ

लन्डन : भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली विश्वकै नम्बर एक टेस्ट ब्याट्सम्यान बनेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टेस्ट वरीयतामा उनी पहिलो नम्बरमा उक्लिएका हुन्। इङ्ल्यान्डविरुद्घको पहिलो टेस्ट क्रिकेटपछि कोहली पहिलो वरीयतामा उक्लिएका हुन्। यद्यपि उक्त टेस्टमा घरेलु टोली इङ्ल्यान्डले भारतलाई ३१ रनले हराएको थियो।

कोहलीले उक्त टेस्टको पहिलो पालीमा एक सय ४९ रन र दोस्रो पालीमा ५१ रन बनाएका थिए। २९ वर्षीय कोहली अस्ट्रेलियाका स्टिभ स्मिथलाई पछि पार्दै पहिलो नम्बरमा उक्लिएका हुन्। बल टेम्परिङ (बल बिगारेको) को आरोपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट १२ महिनाको प्रतिबन्धमा परेका अस्ट्रेलियाका तात्कालीन कप्तान स्मिथ ३२ महिनासम्म पहिलो वरीयतामा रहेका थिए।

कोहलीले टेस्ट क्रिकेटमा ६७ खेल खेलेर २२ वटा शतक बनाएका छन्। सन् २०११ को जुनपछि टेस्ट ब्याट्सम्यानको विश्व वरीयतामा पहिलो स्थानमा उक्लने कोहली पहिलो भारतीय खेलाडी हुन्। सन् २०११ मा सचिन तेन्दुल्करले यस्तो सफलता हात पारेका थिए। कोहली (९३४ अंक) पहिलो स्थानमा उक्लिएपछि स्मिथ (९२९ अंक) दोस्रो वरीयतामा झरेका छन्।

यसैगरी इङ्ल्यान्डका जोय रुट (८६५ अंक) तेस्रो, न्युजिल्यान्डका केन विलियम्सन ((८४७ अंक) चौथो र अस्ट्रेलियाका डेभिड वार्नर (८२० अंक) पाँचौं स्थानमा आसीन छन्। भारतका चेतेश्वर पुजारा (७९१ अंक) छैटौं, श्रीलंकाका दिमुथ करुणारत्ने (७५४ अंक) सातौं, श्रीलंकाकै दिनेश चण्डिमल (४२४ अंक) आठौं, दक्षिण अफ्रिकाका डिन एल्गर (७२४ अंक) नवौं र दक्षिण अफ्रिकाकै एडिन मारक्रम (७०३ अंक) दसौं स्थानमा छन्। टेस्ट बलरहरूको वरीयतामा भने इङ्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डर्सन पहिलो स्थानमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.